News Portal

  • भारतसँग नझुक्ने नेपाली सेनाको निष्कर्ष : पत्रकार सम्मेलन गरेरै निर्णय सार्वजनिक

    इभक्तपुर संवाददाताकाठमाडौँ, माघ २ गते
    १०१० पटक
    काठमाडौँ, माघ २ गते

    नेपाली सेनाले काठमाडौँ–तराई / मधेश द्रुत मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भारत संग नलिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन नै गरेर नेपाली सेनाले (डिपिआर)आफैँ तयार गर्नेकुरा सार्वजनिक गरेको हो ।
    द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिए ।

    यसअघि डिपिआर भारतीय कम्पनीले तयार गरेको थियो । भारतले द्रुत मार्ग बनाउने बिषय बिबादित बनेपछि प्रचण्ड नेतृत्वको सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो ।आफ्नो हातबाट आयोजना फुस्केपछी असन्तुष्ट भएको भारतीय पक्षले डिपिआरको मोल करिब ३ गुणा लगाएपछि डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा निर्णयमा सरकार पुग्न नसकेको अवस्थामा सेनाले महंगोमा कुन्नु उपयुक्त नहुने भन्दै आफै डीपीआर तयार गर्ने तत्परता देखाएको हो ।

    भारतीय पक्षले डिपिआरको मूल्य ५६ करोडभन्दा बढी माग गरेको थियो । डिपिआरका विषयमा दुवै पक्षबीच सहमति नजुटेपछि नेपाली सेनाआफैँ विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने निष्कर्षमा पुगेको हो । सेनाले २० करोड भए डीपीआर तयार हुने बताएको छ ।
    नेपाली सेनाका आयोजना उपप्रमुख खनालले भने , “द्रुतमार्गका लागि यसअघि बनाइएको डिपिआरको रकमको माग अत्यधिक उच्च रहेकाले सेनाले आफैँ नयाँ बनाउने सोचका साथ हामी अघि बढेका छौँ । ”

    गत जेठ १० गते चार वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरु भएको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गका निर्माण लागत रु एक खर्ब २० अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । कूल ७६.२ किमी लामो हुने उक्त प्रस्तावित द्रुतमार्गमा साना ठूला गरी ९९ पुल निर्माण गर्नुपर्ने छ । उक्त मार्गमा एक हजार ३७ (१.३७) मी लामो सुरुङ बनाउने कार्यलाईसेनाले अवसर र चुनौतीका रुपमा लिएको छ ।

    उक्त मार्ग निर्माणलाई तीव्र तुल्याउने क्रममा सेनाले पाँच स्थानमा सुरक्षा आधार खडा गरिसकेको छ । सेनाले हालसम्म दुई चरणमा गरी ३३१ सुरक्षाकर्मी कार्यक्षेत्रमा खटाइसकेको छ । सडक निर्माण गर्न उपकरण खरिदलगायत विषयमा २८ बोलपत्र आह्वान गरिसकिएको छ । बारा जिल्लामा  निर्माणका लागि आवश्यक रुख कटानी भइसकेको तथा अधिकांश स्थानको मुआब्जालगायत कामको फरफारक गर्ने काम भइरहेको जनाइएको छ ।

    सेनाले उक्त राजमार्ग निर्माण भएपछि १२० किमी प्रतिघण्टा यातायातका साधन गुड्न सक्ने जनाएको छ ।  डिपिआर तयार गर्ने कार्यसँगसँगै सडक निर्माणलाई पनि तीव्ररुपले अघि बढाइने सहायकरथी खनालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...