News Portal

  • भारतीय नक्कली तेलका कारण नेपाली खानेतेल उद्योग संकटमा

    इभक्तपुर संवाददाता
    २०१७ पटक

    मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् ।

    पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो ।

    मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल उद्योग बन्द भइसकेका छन् । अहिले सञ्चालन भइरहेका तेल उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।

    अहिले पाँचवटा तेल उद्योगमात्र सुनसरी –मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित छन् । भारतीय बजारमा चोरी पैठारी भएर नेपाल भित्रिने टिनको तेलले नेपालमा उत्पादित तोरीको तेललाई संकटग्रस्त बनाउँदै गएको अग्रवालको भनाइ छ । टिनको तेल पूर्णरुपमा मिसावटयुक्त हुनाले यहाँ उत्पादन भएका तेलभन्दा प्रतिलिटर झण्डै ५० सस्तो पर्छ ।

    चोरी पैठारी भएर आउने भारतीय तेलले एकातिर नेपालका तेल उद्योगलाई संकटमा पार्दैछ भने अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमा समेत असर पु¥याउने गरेको छ । तेल उद्योगका सञ्चालक देवकीनन्दन अग्रवालका अनुसार सीमावर्ती बजारबाट नेपालका विभिन्न स्थानसम्म पुग्ने पाम आयल मिसाइएको अशुद्ध तेल नियन्त्रण गर्न सरोकारवाला कसैले चासो दिएका छैनन् ।

    नेपालले भारतको हरियाणा, राजस्थान, युक्रेन, रुस र अष्टे«लियाबाट तोरी आयात गर्दै आएको छ । नेपालमा तोरीको उत्पादन हुन छोडेपछि तेस्रो मुलुकबाट तोरी आयात गर्नु परेको हो ।

    प्रतिकृया दिनुहोस्

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...