News Portal

  • राजधानीको मुटुमै नारी अस्मिता असुरक्षित : दरवार मार्गमा सामुहिक बलात्कार

    पत्रपत्रिकाकाठमाडौँ, १६ माघ
    १०५० पटक
    काठमाडौँ, १६ माघ

    राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो ।

    स्रोतका अनुसार राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।

    शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन् ।

    ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्‍याइदिएका थिए । ‘मलाई केटाहरुले ५ सय रुपैयाँ थमाई ठेगाना दिएर पुऱ्याइदिनू भने ।

    ट्याक्सीमा बसेपछि ती युवती रुन–कराउन थालिन्,’ टेलिफोन सम्पर्कमा आएका ती चालकले भने, ‘उनले नजिकैको प्रहरी कार्यालयमा पुर्‍याइदिन अनुरोध गरिन् । उनी आत्तिएकी थिइन् । भक्कानिँदै रोएपछि मैले प्रहरी चौकीमा छाडिदिएँ । त्यसपछि के भयो, मलाई थाहा भएन ।’

    स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्‍याए । स्रोतका अनुसार दरबारमार्ग वृत्तका प्रहरीले शुक्रबार बिहान होटलसम्म पुगेर घटनास्थलको अवलोकन गरेका थिए । युवतीसहित बसेको कोठामा मदिराका बोतल थिए ।

    युवतीले आफू पुराना कुरा सम्झिन नचाहने र ठूलो मानसिक तनाबमा रहेको बताइन् । उनले यति मात्रै भनिन्, ‘मैले दिएको लिखित निवेदन दर्ता भएन ।’

    कमलपोखरी वृत्तका एक प्रहरीका अनुसार प्रहरी टोली होटल पुग्दा चारै जना केटा त्यहाँ थिएनन् । प्रहरीले ४ मध्ये चक्रपथ क्षेत्रमा बस्ने २ जनाको नाम पहिचान गरेको थियो भने १ जना मंगोलियन अनुहार र झट्ट हेर्दा प्रहरीजस्तै हुलियाको रहेको भन्ने सूचना मात्रै पाएको थियो ।

    घटनाको ४ दिनपछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे जानकारी पाएको थियो ।

    मिलेमतोको यो घटना थामथुम पारिएको र पैसाको चलखेल भएको भन्ने सूचनाका आधारमा प्रहरी परिसर, काठमाडौंले अनुसन्धान समिति गठन गरेको हो ।

    घटनामा दरबारमार्ग वृत्तको शंकास्पद भूमिका देखिएको भन्दै एसपी जोशीको नेतृत्वमा गठित समितिमा डिएसपीत्रय बेलबहादुर पाण्डे, शिखर खनाल र बसन्त रजौरे तथा इन्स्पेक्टर अनिल अधिकारी सदस्य छन् । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...