News Portal

  • फेल भएका नै जाँच्छन् बिरामी !

    इभक्तपुर संवाददाता
    ७४२ पटक

    देशमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर, पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई ‘प्राक्टिस गर्ने’ स्वदेशी डाक्टरहरूको संख्या भने बढो छ । बिरामी सुरक्षाको हिसाबले यो संवेदनशील मुद्दा भए पनि हालसम्म यसबारे खासै निगरानी गरिएको छैन ।

    चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएस पास गरेकाले पनि लाइसेन्स परीक्षा पास गरेपछि मात्र डाक्टरी पेसा सञ्चालन गर्नयोग्य मानिन्छन् । लाइसेन्स नलिएका चिकित्सकले उपचार गरेका बिरामीको ज्यान गएमा डाक्टरमाथि ज्यान मार्ने मुद्दा चल्न सक्छ ।

    मेडिकल काउन्सिल स्रोतका अनुसार लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये धेरैजसोले चिकित्सकीय अभ्यास जारी राखेका छन् । तर, उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन । ‘लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये अधिकांशले बिरामी जाँचिरहेका छन्,’ काउन्सिलका एक पूर्वसदस्यले भने, ‘यो निकै संवेदनशील कुरा हो तर यसमा खासै निगरानी र कारबाही हुन सकेको देखिँदैन ।’

    ‘काउन्सिलको लाइसेन्स परीक्षा पास नगरी चिकित्सा अभ्यास गर्नु गैरकानुनी हो, यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भन्छन्, ‘यस्ता चिकित्सकबारे उजुरी आयो भने खोजबिन गरी कारबाही हुन्छ । , आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...