News Portal

  • तरकारीमा सर्वोच्चको यस्तो आदेश

    पत्रपत्रिकाकाठमाडौँ, १७ माघ
    ६६० पटक
    काठमाडौँ, १७ माघ

    सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्तासमक्ष पुर्याउने कार्यमा तत्काल रोक लगाउन नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ ।

    न्यायाधीशहरु पुरुषेत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तरकारीमा विषाक्त औषधि राखी उपभोक्तामा पुर्याउने कार्यमा रोक लगाउन उचित प्रक्रिया थाल्न सरकारका नाममा आदेश दिएको हो ।

    किसान तथा व्यापारीले विषादी प्रयोग गरेको तरकारी बजारमा पठाउने चलनले मानव स्वास्थ्यमा असर परेको भन्दै त्यस्तो कार्य रोक्न मागसहित सार्वोच्चमा निवेदन परेको थियो ।

    निवेदनमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट यस्तो कार्यमा रोक लगाउन आवश्यक बन्दोबस्त मिलाउन सोमबार निर्देशनात्मक आदेश जारी भएको छ ।

    कानुन कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको उललेख गर्दै सर्वोच्चले कानुन कार्यान्वयनमा कडाइ गर्न सरकारी निकायलाई आदेश दिएको छ ।

    फैसलाको पूर्णपाठ भने पछि सार्वजनिक हुने सर्वोच्चले जनाएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...