News Portal

  • सुष्माले कसिन् ओली-मोदी गाठो : शिखर वार्ताको तयारी

    पत्रपत्रिकाकाठमाडौँ, २० माघ
    ९२८ पटक
    काठमाडौँ, २० माघ

    नेपालका ‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन-अन-वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारे खर्च भयो। ओली र स्वराज दुवै मिर्गौला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो। स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो।

    भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो।

    भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने, ‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन-जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’

    के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त ? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’

    घटनाक्रमसँग नजिकबाट जानकार एक एमाले सूत्रका अनुसार अध्यक्ष ओली र अन्य नेतागणसँग भारतीय विदेशमन्त्री स्वराजको खुला, स्पष्ट र हार्दिक कुराकानी भएको छ। सुष्मा स्वराजको भ्रमण नेपाल-भारतबीच बदलिँदो कूटनीतिक मौसमको परिचायक हो।

    बैठकको दौरान नेता ओलीले स्पष्ट शब्दमा भारतीय विदेशमन्त्रीलाई भने ‘कुनै पनि राष्ट्रवादी नेपाली भारतविरोधी हुन सक्दैन। तर, अब सम्बन्धको विकास आपसी सम्मान र सद्भावबाट मात्र हुन सक्छ।’

    प्रत्युत्तरमा भारतीय पक्षले भन्यो, ‘नयाँ सुरुवातका निम्ति भारत तयार छ । सहयोग, सद्भाव र विश्वासको नयाँ युग सुरुवात गर्न हामी तयार छौं । साथै, नेपालसँग भारतको सिमाना र सम्बन्ध, कुनै अन्य देशसँग तुलना गर्ने प्रकृतिको नभएकाले हाम्रा जायज चिन्ताप्रति संवेदनशील रहन नेपाली मित्रहरूलाई हामी आग्रह गर्छौं ।’

    भारतीय विदेशमन्त्रीको अर्को महत्वपूर्ण भेटघाट शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँग रह्यो । प्रचण्ड र भारतबीच विभिन्न कालखण्डमा लभ-हेट रिलेसनसिप रहँदै आएकोमा, अब दुवै पक्ष उतारचढावको ‘रोलर कोस्टर’ सम्बन्धमा बढी परिपक्वताको सम्भावना खोजिरहेको संकेत उच्च कूटनीतिक सूत्रहरूले गरेका छन् ।

    कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेट गर्दै विदेशमन्त्री स्वराजले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिइन् । भ्रमणको दौरान मन्त्री स्वराजले मधेसवादी दलका नेताहरूसित सोल्टी होटलमा भेट गरिन् । राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटका निम्ति उनी शीतल निवास पुगिन् ।

    भारतीय विदेशमन्त्रीको यो आवागमनले आमनिर्वाचनपछि, जनादेशअनुरूप भारतको नेपाल नीतिमा आउने परिवर्तनको बिजारोपण गरेको छ । यो भ्रमणले ओली-मोदी शिखरवार्ताको पृष्ठभूमि तयार गरेको छ । स्वराजको भ्रमण नेपाल-भारतबीच बदलिँदो कूटनीतिक मौसमको परिचायक हो। (अन्नपूर्णपोस्ट दैनिक)

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...