News Portal

  • निमन्त्रणाबिनै नेपाल भ्रमण यो पहिलो घटना : परराष्ट्र उच्च स्रोत

    पत्रपत्रिकाकाठमाडौँ, २० माघ
    १०३३ पटक
    काठमाडौँ, २० माघ

    भारतीय विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा बिहीबार नेपाल आइन् र शुक्रबार स्वदेश फर्किइन् । तर उनी कसको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् कसैलाई पत्तो छैन। परराष्ट्र मन्त्रालयबाट निमन्त्रणा भएको छैन, मन्त्रालय उच्च स्रोतले भन्यो, भारतको विदेश मन्त्रालयले जुन दिन विदेशमन्त्री स्वराज नेपाल भ्रमणमा आउने भनेर विज्ञप्ति जारी गर्यो परराष्ट्रले पनि औपचारिक जानकारी त्यही दिन पाएको हो ।

    अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाले पनि प्रधानमन्त्रीले भ्रमणका लागि निमन्त्रणा पठाउन मिल्दैन ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट पनि भारतीय विदशमन्त्रीलाई निमन्त्रणा गएको छैन ।

    नेपाल भारत कूटनीतिक सम्बन्ध ७० बर्ष पुग्यो, यो अवधिमा सम्भवतः भारतीय विदेशमन्त्री औपचारिक निमन्त्रणाबिनै नेपाल भ्रमणमा आएको यो पहिलो घटना हो, परराष्ट्र उच्च स्रोतले भन्यो। (नागरिक दैनिक)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...