News Portal

  • अल्छी कर्मचारीको भागमा यस्तो जिम्मेवारी परेपछि…

    पत्रपत्रिकाकाठमाडौँ, ५ फागुन
    १०१७ पटक
    काठमाडौँ, ५ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् ।

    प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले आफ्नो विभागीय मन्त्रीको नाममा प्रधानमन्त्री ओलीको नाम र फोटो अपलोड गर्न भ्याइसकेका छन् ।

    तर, १० वटा मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्री र राज्यमन्त्रीको नाम राखिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

    समाचारमा लेखिएको छ, शुक्रबार दिउँसो सबै मन्त्रालयको वेबसाइट हेर्ने क्रममा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये १० वटाले पुरानै मन्त्रीको नाम राखिराखेका छन् ।

    शिक्षा मन्त्रालयको वेबसाइटमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र राज्यमन्त्री शेषनाथ अधिकारीको नाम राखिएको छ ।

    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेबसाइटको हविगत त्यस्तै छ ।

    सो मन्त्रालयको वेबसाइटमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री जनकराज चौधरीको नाम राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...