News Portal

  • अस्पतालले बच्चा साटेपछी

    पत्रपत्रिकावीरगंज, ९ फागुन
    १०२३ पटक
    वीरगंज, ९ फागुन

    बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् ।

    ‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौंँ,’ सनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर ल्याइन् ।’

    कुर्मीका अनुसार जन्मिँदा छोरा थियो, तर अस्पतालले छोरी जिम्मा लगायो । ‘नाति जन्मेको खबर सबै आफन्तलाई फोनमार्फत सुनाइसकेको थिएँ,’ उनले भने, ‘ईरिक्सा चालकलाई समेत ६ सय रुपैयाँ मिठाई खान दिएको थिएँ ।’

    बच्चा साटिएको भन्दै आफन्तले गरेको विरोध प्रदर्शनले मंगलबार दिनभर अस्पताल तनावग्रस्त बनेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकले बच्चा नसाटिएको दाबी गर्दै भने, ‘पीडितले उजुरी दिए बच्चा र आमाको डीएनए परीक्षण गर्न तयार छौँ, सीसीटीभी फुटेजबाट अनुसन्धान पनि भइरहेको छ ।’

    सोही अस्पतालमा चिकित्सकको लापरबाहीले गर्भमै शिशुको मृत्यु भएको आरोपमा पीडित पक्षले मंगलबारै ओपीडीमा तालाबन्दी गर्दै टायर बालेर प्रदर्शन गरेको थियो । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...