News Portal

  • फिल्मि शैलीले नेपालमा आतङ्क मच्चाएर फरार ‘सिरियल किलर’ कतारबाट पक्राउ

    पत्रपत्रिकाकाठमाडौँ, ९ फागुन
    ९३८ पटक
    काठमाडौँ, ९ फागुन

    नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त सकिल हुसेन कतारमा पक्राउ परेका छन् । इन्टरपोलमार्फत रेडकर्नर नोटिसमा परेका टिकुलिया–७ सप्तरीका सकिल ४ वर्षअघि कतार पुगेका थिए ।

    प्रहरीका अनुसार हुसेनले २०६४ देखि ०७० सम्ममात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए । हत्याका अरू थुप्रै घटनामा उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।

    उनले ०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह र ०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० चैत २ मा सप्तरीकै त्रिकोलकी निर्मलादेवी साहको हत्यामा पनि सकिलको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

    ०६४ वैशाख २६ मा हुसेन सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा ०६८ मंसिरमा पक्राउ परेका थिए ।

    राजविराज कारागारमा राखिएका उनी २६ माघ ०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले थुनामुक्त भएका थिए । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...