News Portal

  • आधाभन्दा बढी सीमा स्तम्भ गायव

    पत्रपत्रिकाकाठमाडौँ, ९ फागुन
    ७३५ पटक
    काठमाडौँ, ९ फागुन

    कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् ।

    मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।

    कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्तम्भ हराएको टोलीले जनाएको छ । यी दुई जिल्लाका सीमा स्तम्भको प्रारम्भिक सर्भे गरिएको हो ।

    १ हजारभन्दा बढी सीमा स्तम्भको सर्भे गरिएको र त्यसमा ५० प्रतिशतभन्दा बढी हराएको टोलीमा सहभागी नापी विभागका सर्वेक्षक पूर्णबहादुरखड्काले बताए ।

    ‘भेटिएका केही सीमा स्तम्भ पनि जीर्ण अवस्थामा छन्,’ उनले भने, ‘एकरदुईबाहेक अधिकांशलाई मर्मत र पुनर्निर्माण नै गर्नुपर्छ ।’

    संयुक्त टोलीले खक्रौलाको मुख्य सीमा स्तम्भ ७ सयदेखि सर्भे सुरु गरेको थियो । शनिबार भीमदत्त नगरपालिका ९ खल्लामा रहेको ८११ नम्बर स्तम्भको सर्भेपछि पहिलो चरणको काम सकिएको छ । ‘१ सय ११ मुख्य सीमा स्तम्भका बीचमा रहेका सहायक स्तम्भ बढी हराएका छन्,’ खड्काले भने, ‘कतिपय ठाउँमा मुख्य स्तम्भसमेत गायब छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...