News Portal

  • फोर्ड ब्रान्डको गाडीमा दिनदहाडै ठगी, कारवाहीमा किन खुट्टा कमाउदैछ सरकार

    पत्रपत्रिकाकाठमाडौँ, १४ फागुन
    ६२० पटक
    काठमाडौँ, १४ फागुन

    फोर्ड ब्रान्डको सवारीसाधनमा ठगी गरिरहेको जीओ अटोमोबाइल्समाथि कारबाही गर्न आपूर्ति विभाग खुट्टा कमाउन थालेको छ। अनुगमनका क्रममा फोर्ड ब्रान्डको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा लाखौं रुपैयाँ ठगीभइरहेको कैफियत भेटिसक्दा पनि विभागले कारबाही गरेको छैन। विभागले करिब एक महिनाअघि फोर्ड ब्रान्डको थापाथलीस्थित बिक्रेता जीओ अटोमोबाइल्समा अनुगमन गरेको थियो।

    विभागले बयान सकेर दुई साताअघि मुद्दा दायर गर्ने दाबी गरे पनि उपभोक्ता ठग्ने जीओ अटोमोबाइल्सलाई हालसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन।

    उपभोक्तावादी संघसंस्थाले आपूर्ति मन्त्रालयका तत्कालीन मन्त्री जयन्तबहादुर चन्दसहित अर्थ मन्त्रालयसम्म दोषी भनेकामा जीओ अटोमोबाइल्सले रकमको भागबण्डा गरेकाले कारबाही गर्न नसकिएको दाबी गरेका छन्। उपभोक्तावादी ज्योति बानियाँले व्यापारी, कर्मचारी र नेताको मिलोमतोमा ब्रम्हलुट गर्ने जीओ अटोमोबाइल्समाथि कारबाही हुन नसकेको बताए।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

    ‘कारबाहीबाट जोगिन व्यापारीले लाखौं रुपैयाँ विभिन्न शक्ति केन्द्रमा वितरण गरेका छन्’, बानियाँले भने,‘यो रकमको भागबण्डा आपूर्ति विभागमा पनि पुगेको छ।

    त्यही भएर अनुगमन गरिएका कुनै पनि दोषीमाथि आपूर्ति विभागले कारबाही गर्न सकेको छैन। बार्गेनिङ नमिल्दा अनुगमन गर्ने, त्यसपछि फेरि बार्गेनिङ गरी कारबाही रोक्ने प्रवृति आपूर्ति विभागमा देखिएको छ।’

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...