News Portal

  • रहर होइन बाध्यता : खोला तर्न ट्यूवको भर

    पत्रपत्रिकाबैतडी, २४ फागुन
    ७३६ पटक
    बैतडी, २४ फागुन

    महाकाली नदी किनारका बासिन्दा अझै पनि ट्युबकै भरमा नदी तर्न बाध्य छन् । महाकालीमा झोलुंगे पुलसमेत नहुँदा दशरथचन्द नगरपालिकाको सेरा, तिरखडेनी, सिम्तडीलगायत क्षेत्रका बासिन्दा ट्युबबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । ‘दैनिक उपभोग्य सामग्री र औषधिका लागि भारतीय बजारकै भर छ’, दशरथचन्द नगरपालिका–६ का दानसिंह कार्कीले भने, ‘महाकाली नदीमा पुल छैन, जसकारण वर्षौंदेखि ट्युबमै आवतजावत गर्न बाध्य छौं ।’

    महाकालीमा ट्युब पल्टिँदा सर्वसाधारणको ज्यानसमेत जाने गरेको छ । महाकाली वारपार गर्ने अरू विकल्प नहुँदा ट्युबकै भर पर्नुपरेको दशरथचन्द–६, सेराकी तारा कार्कीले गुनासो गरिन् । पारिपट्टि आफन्त पनि छन् । भेटघाटदेखि अन्य कामका लागि भारतीय बजारको भर पर्नुको विकल्प नरहेको उनले बताइन् ।

    सेरामा नेपालका तर्फबाट अहिले कच्ची सडक पुगेको छ । यहाँबाट सीमावर्ती बजार झुलाघाट पैदल हिँड्दा दुई घण्टा लाग्छ । ‘बर्खामा झुलाघाट जाने बाटोमा माथिबाट ढुंगा खस्छ’, स्थानीय तिलकराम टमाटाले भने, ‘ट्युबबाट तर्न सकियो भने गाडीमा जान पाइन्छ । कोही बिरामी भएको बेला सीमावर्ती भारतीय अस्पताल लैजान पनि ट्युबकै भरमा छौं ।’

    त्यही ट्युबमा प्रयोगमा पनि भारतीय सुरक्षाकर्मीले रोक लगाएको उनले बताए । भारतीय सुरक्षाकर्मीले ट्युब काटिदिने गरेको उनको भनाइ छ । महाकालीमाथि झोलुंगे पुल बनाउने धेरै पहिलादेखि कुरा चलेको हो । यद्यपि, दुई देशको सीमा नदी भएकाले कुन ठाउँमा कसरी बनाउने भन्ने विषयमा केही छलफल हुन सकेको छैन । पुल नहुँदा सीमाक्षेत्रका नेपालीलाई ज्यादै सकस छ । ‘खाद्यान्नलगायत सामग्री खरिदका लागि भारतीय बजार नजिक पर्छ । त्यसका लागि ट्युबमै जोखिमपूर्ण यात्रा गर्नुपर्छ’, दशरथचन्द नगरपालिका–१० तीरखडेनीका रामसिंह बुडालले भने, ‘नेपालकै पुछारमा बैतडी छ । बैतडीको पुछारमा हामी छौं । हामीलाई सरकारले हेरेन ।’

    नेपालतिरबाट तिरखडेनीमा अहिले कच्ची सडक पुगेको छ । त्यो पनि बर्खामा बन्द हुन्छ । यस्तो अवस्थामा भारतकै भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय जयन्ती बुडालले गुनासो गरिन् । ‘सीमाक्षेत्रका हामी बासिन्दाले ट्युबकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘विकल्पमा पुल बनिदिए सर्वसाधारणलाई राहत हुने थियो ।’

    ट्युबबाट निकै जोखिम भए पनि नदी वारपार गर्न त्यसकै सहारा लिनुपर्ने बाध्यता रहेको तटीय क्षेत्रका बासिन्दाको भनाइ छ । ‘ट्युबबाट यात्रा गर्दा कतिखेर पल्टिने हो भन्ने डर हामीलाई लाग्छ’, तिरखडेनीकै हरिना पन्तले भनिन्, ‘डर लागेर मात्र के गर्नु ? विकल्प पनि त छैन ।’ आफूहरूको समस्या समाधानका लागि सरकारले यथाशीघ्र कदम चाल्नुपर्ने उनले बताइन् ।

    अन्नपूर्ण पोष्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...