News Portal

  • कान्तिपुरको पक्षमा पत्रकार महासंघ, स्वतन्त्रता हनन गरे सडकमा उत्रने चेतावनी

    इभक्तपुर संवाददाता
    ९१३ पटक

    ‘अवहेलना’ को प्रावधान दुरुपयोग गर्दै अदालत र प्रेस काउन्सिलले मिडियामाथि नै ‘प्रि–सेन्सरसिप’ लगाउनेतर्फ गए सडक आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ ।

    ‘प्रधानन्यायाधीशको अयोग्यताबारे लेखिएका समाचारलाई लिएर कान्तिपुरमाथि अवहेलना मुद्दा लगाइनु र समाचार छाप्न रोक्न प्रेस काउन्सिललाई आदेश दिइनु प्रेस स्वतन्त्रताविरुद्ध कदम हुन्,’ महासंघका महासचिव रमेश विष्टले भने, ‘अदालतले त्यही प्रकृतिको फैसला सुनाए महासंघ सडकमा उत्रन बाध्य हुनेछ ।’

    प्रधानन्यायाधीश गोपाल पराजुलीको फरक–फरक जन्ममिति र प्रमाणपत्र सम्बन्धमा कान्तिपुरमा प्रकाशित समाचारले अदालतको अवहेलना भएको भन्दै दायर मुद्दाको सर्वोच्चमा सुनुवाइ जारी छ । यसअघि पराजुलीकै एकल इजलासले कान्तिपुरलाई सर्वोच्चमा झिकाउनुका साथै ‘सेन्सरसिप’ लगाउन काउन्सिललाई आदेश दिएको थियो ।

    उक्त कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नै संकुचित हुने स्थितिमा पुगेको निचोडसहित कान्तिपुरप्रति ऐक्यबद्धता जनाउन महासंघको उच्चस्तरीय टोली आइतबार कान्तिपुर कार्यालयमा आएको हो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...