News Portal

  • मन्त्रीका आकांक्षी धेरै हुँदा मंत्री मण्डल बिस्तारमा ढिलाई : आज हुने सम्भावना

    इभक्तपुर संवाददाताकाठमाडौं, १ चैत
    ७६९ पटक
    काठमाडौं, १ चैत

    राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन्। दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन्।

    प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र सरकारलाई समर्थन गरेको राजपाका नेताहरूसँग पनि औपचारिक–अनौपचारिक छलफल जारी राखेका छन्। प्रधानमन्त्री ओलीले बुधबार पनि माओवादी अध्यक्ष दाहालसँग बालुवाटारमा लामो संवाद गरेका थिए।

    दुवै नेताबीच मंगलबार पनि सरकार विस्तारमा केन्द्रित छलफल भएको राष्ट्रपति चुनावमा मतदान गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका ओली–दाहाल दुवैले स्विकारेका थिए।

    फागुन ३ मा प्रधानमन्त्री भएका ओलीको मन्त्रिमण्डल अहिलेसम्म सात सदस्यीय मात्र छ। एमाले उपमहासचिव विष्णु पौड्यालका अनुसार अहिले प्रधानमन्त्रीको ध्यान सरकारलाई पूर्णता दिनमा लगाएका छन्।

    ‘प्रधानमन्त्री अब सरकारलाई पूर्णता दिने छलफलमा जुट्न थाल्नुभएको छ’, पौड्यालले भने, ‘राजपा र संघीय फोरम दुवै दललाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले छलफल गर्नुभएको छ। छलफल सकारात्मक छ। अब धेरै दिन पर्खनुपर्दैन, एक÷दुई दिनमै सरकारले पूर्णता पाउँछ।’

    प्रधानमन्त्रीसँग सरकारको पूर्णताका विषयमा मंगलबार र बुधबार दुई दिन छलफल गरेका माओवादी अध्यक्ष दाहालले भने बिहीबार साँझसम्म मन्त्रिमण्डल विस्तार हुने बताए।

    प्रधानमन्त्री ओलीसँग बुधबारको संवादपछि पार्टीनिकट योङ कम्युनिस्ट लिग ९वाईसीएल०को केन्द्रीय समिति बैठकमा पुगेका उनले बिहीबार सरकार विस्तार हुने बताएका थिए।

    प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्षले छलफल तीव्र बनाएका छन्।

    ‘बिहीबार मन्त्रिपरिषद् विस्तार हुन्छ, प्रधानमन्त्रीसँग त्यहीअनुसार कुरा भएको छ’, वाईसीएल बैठकमा अध्यक्ष दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले भने।

    सभामुख चयन, राष्ट्रपति निर्वाचन, राजपा–फोरमलाई सरकारमा सहभागी गराउने तयारीलगायत कारण देखाउँदै प्रधानमन्त्रीले मन्त्रिमण्डललाई पूर्णता दिन ढिलाइ गर्दै आएका थिए।

    उनले ३ फागुनमै एमालेका दुई तथा १६ फागुनमा एमालेका दुई र माओवादी केन्द्रका दुई गरी अहिलेसम्म सात सदस्यीय मन्त्रिमण्डल मात्र गठन गरेका छन्।

    सरकारले १७ वटा मात्र मन्त्रालय बनाउने निर्णयका आधारमा पनि अझै ११ मन्त्री नियुक्त गर्न बाँकी छ। सरकारको पक्षमा सुविधाजनक बहुमत हुँदा पनि मन्त्रिपरिषद्को पूर्णतामा गरेको ढिलाइको आलोचना हुन थालेपछि प्रधानमन्त्री ओली बल्ल सरकारलाई पूर्णता दिनतर्फ लागेका हुन्।

    सरकार विस्तार, साझा नीति तथा कार्यक्रम र विकास तथा समृद्धिको काम प्रधानमन्त्री ओलीका अहिलेका प्रत्यक्ष कार्यभार हुन्। मन्त्रिपरिषद्लाई पूर्णता दिनमा भइरहेको ढिलाइले सरकारको गति सुस्त भएको भन्दै उनको आलोचना हुन थालेको छ।

    एमाले–माओवादीबीच संघीय फोरमलाई पनि सरकारमा ल्याउने समझदारी जुटेपछि एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई दुई मन्त्रालय भागबन्डा लगाउने तयारी छ।

    सरकारको पूर्णताका सन्दर्भमा बिहीबार बिहान पनि प्रधानमन्त्री ओलीले दाहालसँग छलफल गर्ने तथा मन्त्रालयको संख्या, नामलगायत विषय टुंगो लगाई संघीय फोरमसँग राजनीतिक सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारीमा प्रधानमन्त्री छन्।

    ‘प्रधानमन्त्रीले दुई दिनअगाडि नै राजनीतिक सहमतिमा हस्ताक्षरको सन्देश पठाइसक्नुभएको छ’, संघीय फोरमका उपाध्यक्ष युवराज कार्कीले भने, ‘उहाँहरू (वाम गठबन्धन)का नेताहरूको व्यस्तताले ढिलो भएको छ, अब हस्ताक्षर हुन्छ।’

    एमाले–माओवादीदेखि फोरमसम्ममा सरकारमा जाने आकांक्षी नेता धेरै नै देखिएका छन्। सरकारमा पठाउने नेताहरूको व्यवस्थापनसमेत जटिल बनेकाले ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन सकिरहेका छैनन्। (अन्नपूर्ण पोष्ट दैनिक)

    प्रतिकृया दिनुहोस्

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२...

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...