News Portal

  • काभ्रेमा अपराध गरि भक्तपुर आएका गणेश लामासहित ५ पक्राउ

    इभक्तपुर संवाददाताभक्तपुर, ११ चैत
    १८२७ पटक
    भक्तपुर, ११ चैत

    शनिवार काभ्रेमा चोरी गरि भक्तपुर पसेका ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचै जना चागुनारायण नगरपालिका – ६ मा बस्दै आएका युवाहरु रहेका छन ।

    पक्राउ पर्नेमा बर्ष २२ को गणेश लामा , बर्ष २१ को लच्छु कार्की , बर्ष २३ को अनिल मगर, बर्ष २४ को सुमन तामाङ , बर्ष २१ को रुपक तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी गराएका छन ।
    शनिवार काभ्रे मण्डन देउपुर न.पा. -२ स्थित सानुकान्छा तामाङको पसलबाट नगद तीन लाख चोरी फरार भएका उनीहरु प्रहरीको फन्दामा परेका हुन् । काभ्रेबाट चोरीको सूचना आएपछि भक्तपुरमा संकास्पद हरुमाथि खोजतलास गर्न प्रहरी खटिएको थियो।

    भक्तपुर नगरपालिका -१० कमलबिनायकबाट हिजै उनीहरु बा.७ च ४२ नं. को I10 कार सहित प्रहरीको फन्दामा परे । उनीहरुको साथबाट नगद रु.एक लाख छ हजार दुई सय दश रूपैया पनि बरामद भएको प्रहरीले बताएको छ ।

    पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धानको लागी आइतवार ई.प्र.का.बनेपा काभ्रे पठाईएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...