News Portal

  • ओरालो लाग्यो नेप्से

    इभक्तपुर संवाददाताभक्तपुर, १४ चैत
    ९०३ पटक
    भक्तपुर, १४ चैत

    निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २.९० अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो । नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.२६ अंकले ओरालो लागेर २५७.४८ बिन्दुमा पुगेको छ ।

    आज कूल १६२ कम्पनीको १३ लाख ५२ हजार ३३० कित्ता शेयर रु ५१ करोड ४१ लाख ६३ हजार ७७७ मूल्य कारोबार भएको छ । मंगलबार १६६ कम्पनीका १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको थियो ।

    वाणिज्य बैंक, विकास बैंक, उत्पादन र अन्य समूहको नेप्स आज सकारात्मक देखिएको छ भने बाँकी समूह ओरालो लागेको छ । वाणिज्य बैंक २.९३, विकास बैंक १.१६, उत्पादनमा १४.७२ र अन्यमा २.८७ अंकले बढेको नेप्सेले उल्लेख गरेको छ ।

    व्यापार समूह ४.५६, होटलमा १८.९५, जलविद्युत्मा २१.१५, वित्तमा ५.८२, बिमामा ९१.४१, र लघुवित्तमा २९.०९ अंकले सेरबजारमा ओरालो लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...