News Portal

  • भर्तीकेन्द्र नबनाउन भन्दै मन्त्री यादव कुर्लिएपछि

    इभक्तपुर संवाददाताकाठमाडौँ, १७ चैत
    १०३१ पटक
    काठमाडौँ, १७ चैत

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । यसअघिका उच्च अधिकारीहरूले तोकादेशका भरमा नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन मन्त्री यादवले निर्देशन दिएका हुन् ।

    मन्त्रालयका अनुसार खाद्य संस्थानमा दुई सय ३३ जना कर्मचारी हटाउन निर्देशन दिइएको छ भने आयल निगममा दुई सय १५ कर्मचारी हटाउन निर्देशन दिइएको छ ।

    निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशिल भट्टराईले मन्त्रालयको निर्देशनपछि भर्ना गरिएका कर्मचारी हटाउने प्रक्रिया अघि बढाएको बताए ।  उता खाद्य संस्थानका महाप्रबन्धक कुमार दाहालले मन्त्रालयको निर्देशनपछि संस्थानका विभिन्न डिपोहरूमा अस्थायी ढंगले भर्ना गरिएका ज्यालादारी कर्मचारी हटाइएको जानकारी दिए ।

    आवश्यक क्षमता, योग्यता र अनुभव भन्दा पनि शक्तिको आडमा उच्च पदस्थ अधिकारीको तोकादेशका भरमा मनमौजी ढंगले विभिन्न संस्थानहरूमा कर्मचारी भर्ति गरिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...