News Portal

  • साझा र मयूरको बिरोधमा भक्तपुरका यातायात ब्यवसायी, भोली अफिस समयमै बन्दको घोषणा

    इभक्तपुर संवाददाताभक्तपुर, १८ चैत
    १६७८ पटक
    भक्तपुर, १८ चैत

    सडकमा यातायात ब्यवसायीको सिन्डिकेट तोड्ने गरि नयाँ निर्देशिका आएको छ ।यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ संचालनको अनुमति दिएको भन्दै आइतवारबाटै अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ ।

    भक्तपुरमा साझा यातायात भित्राउदा बिरोध गरेका व्यवसायीले मयुर यातायातका बससमेत कुद्न थालेपछि बन्दको घोषणा गरेका हुन् । भक्तपुरको साघुरा र कच्ची सडकहरुमा चल्ने बसहरु आजदेखि अनिश्चितकालका लागि बन्द भएको भक्तपुर मिनिबस सेवा समितिले जनाएको छ ।

    एक दर्जन व्यवसायी समिति आबद्ध रहेको कोटेश्वरपूर्व यातायात समन्वय समितिको निर्णयबाट सेवा ठप्प पारिएको बताइएको छ । आन्दोलित समितिले चिल्ला बाटामा नाफा कमाउन नदिने भए बिग्रेका बाटामा गाडी नकुदाउने भन्दै आन्दोलनको बाटो समातेका हुन् ।

    नगरकोट, तेलकोट, दुवाकोट, बालकोट, सिरुटार, सिपाडोल, डोलेश्वर, चाँगुनारायण, झौखेल, छालिङ, ताँथलीलगायतका ग्रामिण रुटमा दिदै आएको बस सेवा आइतवारदेखि अनिश्चितकालका लागि ठप्प पारिएको हो ।

    यसबाट ग्रामिण क्षेत्रका यात्री र खासगरी कामकाजी मानिसहरु समस्यामा पर्ने भएका छन् । त्यतिमात्र होइन, भोली सोमबार विहान ९ देखि १० बजेसम्मको अफिस समयमा १ घण्टा अरनिको राजमार्गमा सार्वजनिक सवारी चलन नदिने र चैत २१ गतेदेखि कोटेश्वरबाट अरनिको राजमार्ग भएर चल्ने सबै सार्वजनिक सवारी बन्द गर्ने समेत आन्दोलित यातायात व्यवसायीले धम्की दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...