News Portal

  • वन पैदावार जिराको मूल्यमा बेच्ने, हिराको मूल्यमा किन्ने नीति अन्त्य गरिनेछ- मन्त्री बस्नेत

    इभक्तपुर संवाददाताकाठमाडौं, १९ चैत
    १२६७ पटक
    काठमाडौं, १९ चैत

    वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन् ।

    मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ ।”

    मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको बाधक होइन, समृद्धिको आधार बनाउने नीति ल्याउने बताउँदै “वन क्षेत्रको बहुआयामिक उपयोगको सम्भावना नीतिलाई अघि बढाइनेछ भने ।

    “वन पैदवार जिराको मूल्यमा बेच्ने, हिराको मूल्यमा खरिद गर्ने नीति अन्त्य गरिनेछ,” उनले भने, “वातावरण संरक्षणमा प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिइनेछ ।”

    मन्त्री बस्नेतले बारीमा रुख लगाउन प्रोत्साहन अनि कटान गर्ने बेलामा अनेकौ झन्झट दिलाउने हाम्रा कानून व्यावहारिक छैनन् भन्दै वन क्षेत्रको सदुपयोग र संरक्षणको नीति ठीक ढंगबाट हुनुपर्दछ भने।

    नीति, कानून र सरकारको काम गर्ने शैलीमा तालमेल भएमा वन क्षेत्र मुलुकको रोजगारी र समृद्धिको मार्ग प्रशस्त गर्ने बताउँदै उनले जलवायु परिवर्तनभन्दा वातावरण संरक्षणको मुद्दा हाम्रो प्राथमिकीकरणको क्षेत्र रहेको धारणा व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...