News Portal

  • नेपाली काँग्रेस स्थापनाको ६८ वर्ष पूरा, यसकारण गरिएन औपचारिक कार्यक्रम

    काठमाडौँ, २८ चैत
    ९७० पटक
    काठमाडौँ, २८ चैत

    पार्टी स्थापना भएको ६८ वर्ष पूरा भए पनि नेपाली काँग्रेसले मङ्गलबार कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेन । गतसाता नेता खुमबहादुर खड्काको निधन भएका कारण पार्टीले स्थापना दिवस नमनाउने निर्णय गरेको हो । बुधबार खड्काको १३औँ पुण्यतिथि परेको छ ।
    राणा शासन समाप्त हुनुभन्दा एक वर्षअघि २००६ चैत २७ मा नेपाली काँग्रेस गठन भएको थियो । २००३ माघ १२ गते स्थापना भएको नेपाली राष्ट्रिय काँग्रेस र २००५ सालमा स्थापना भएकोे नेपाल प्रजातान्त्रिक काँग्रेस एकआपसमा गाभिएर भारतको कोलकातामा औपचारिक रूपमा नेपाली काँग्रेसको गठन गरिएको थियो । त्यसको अध्यक्षता मात्रिकाप्रसाद कोइरालाले गर्नुभएको थियो ।
    काँग्रेसका पुराना नेता एवं इतिहासकार पुरुषोत्तम बस्नेतका अनुसार दुवै पार्टीले मुलुकमा १०४ वर्षदेखि चल्दै आएका निरङ्कुश जहानियाँ शासन अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्दै आए पनि कुन तरिकाबाट राणा शासन अन्त्य गर्ने भन्नेमा सहमत हुन सकेका थिएनन् ।

    टङ्कप्रसाद आचार्य, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई रहनुभएको नेपाली राष्ट्रिय काँग्रेस अहिंसात्मक आन्दोलन गरेर राणा हटाउन लागिपरेको थियो भने नेपाल प्रजातान्त्रिक काँग्रेस अहिंसात्मक आन्दोलनले होइन, सशस्त्र आन्दोलनबाट मात्रै राणा शासन हटाउन सकिन्छ भन्ने मान्यता राख्दै आएको थियो ।
    २००३ देखि २००६ सम्म नेपाली राष्ट्रिय काँग्रेसले चलाउँदै आएको अहिंसात्मक आन्दोलन दबाउन तत्कालीन राणा शासकले अपनाएको बर्बरतापूर्ण व्यवहारबाट आजित भएर नेपाली राष्ट्रिय काँग्रेस पनि त्यसपछिका आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा पुगेको थियो । त्यसपछि दुई काँग्रेस एक भएर राणाविरुद्धको सशस्त्र आन्दोलनको विकल्प रोज्न पुगेको थियो ।
    एउटा लक्ष्य राखेर फरक तरिकाबाट हिँडिरहेका दुई पार्टी गाभिएर एक भएपछि २००७ साल असोज १० र ११ गते भारतको बैरगनियाँमा भएको काँग्रेसको सम्मेलनले सशस्त्र आन्दोलनको रणनीति तय गरेको थियो ।
    तत्कालीन समयमा भारतमा कार्यरत भूतपूर्व सैनिकलाई जनमुक्ति सेनाका रूपमा तयार गर्ने बर्माका सोसलिस्टको सहयोगमा केही हातहतियार जम्मा गरेर गोप्य रूपमा आन्दोलन तयारी भएको थियो । काँग्रेसले गर्ने सशस्त्र आन्दोलनलाई निर्वासित जीवनयापन गर्दै आउनुभएका तत्कालीन राजा त्रिभुवनको समेत सहयोग र समर्थन थियो ।
    योजनाअनुसार २००७ साल कात्तिक २६ गते वीरगन्जमा पहिलो आक्रमण गरेर सशस्त्र आन्दोलनको सुरुआत भएको थियो । काँग्रेसले सशस्त्र आन्दोलन गरेर कब्जा गरेका स्थानमा जनसरकार पनि गठन गर्दै गएको थियो । क्रान्ति हुँदै गर्दा दिल्लीमा भएको सम्झौताअनुुसार २००७ साल फागुन ७ गते मुलुकमा राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...