News Portal

  • क–कसलाई रोजे देउवाले ?

    काठमाडौं, २९ चैत
    ६१४ पटक
    काठमाडौं, २९ चैत

    कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

    पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको बूढानीलकण्ठ स्रोतले बतायो । निर्वाचन समीक्षाका लागि ९ चैतमा सुरु भएके केन्द्रीय समितिको अन्तिम बैठकमा देउवाले पदाधिकारीको नाम प्रस्ताव गर्ने स्वकीय सचिव भानु देउवाले बताए ।

    ‘जारी बैठकको अन्तिममा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारीमा सभापति हुनुहुन्छ,’ स्वकिय सचिव देउवाले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि आवश्यक गृहकार्यमा उहाँ व्यस्त हुनुहुन्छ ।’ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि १६ चैतबाट स्थगित बैठक ७ वैशाखमा बोलाइएको छ ।

    क–कसलाई रोजे देउवाले ?
    सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो । तर, खड्का र विश्वकर्माको नाममा पार्टीभित्र असन्तुष्टि छ ।

    विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने कुनै धेरै विमति नरहेको स्रोतको दाबी छ । ‘सभापतिले टुंग्याएको नाममा उपसभापतिमा कसैको विमति छैन, महामन्त्री र सहमहामन्त्रीमा भने केही नेताले असन्तुष्टि जनाइरहनुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘हाम्रा सभापतिको त निर्णय नगर्दासम्म भर हुँदैन, त्यसैले महामन्त्री र सहमहामन्त्री परिवर्तन हुन सक्ने सम्भावना छ । उपसभापति फिक्स्ड हो ।’

    उपसभापतिमा दाबी गरिरहेका खड्काको निधनपछि निधिको बाटो सहज भएको हो । त्यसो त गोपालमान श्रेष्ठ पनि दाबेदार थिए, तर उनीसँग सहमति लिएर देउवाले निधिलाई रोजेका हुन् । ‘सभापतिले पूर्वउपसभापति श्रेष्ठलाई आफ्नो निर्णय जानकारी गराएर सहयोग गर्न आग्रह गर्नुभयो, उहाँले सहमति जनाइसक्नुभएको छ,’ स्रोतले भन्यो ।

    तर, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणको पनि दाबी छ । खाणलाई देउवाले यसअघि नै प्रमुख सचेतक बनाए पनि स्वीकार गरेका थिएनन् । पदाधिकारीमा नअटाउने डरले उनले प्रमुख सचेतक अस्वीकार गरेका थिए । तर, पछि देउवाले समेट्ने आश्वासन दिएपछि उक्त पद स्विकारेका थिए । त्यसो त नातेदारसमेत रहेका कार्कीलाई महामन्त्री बनाउने आश्वासन देउवाले सभापतिमा निर्वाचित भएदेखि नै दिँदै आएका थिए । तर, सरकारको नेतृत्व गर्दा अर्थमन्त्री बनेका कार्कीले सहयोग नगरेको भन्दै देउवा रुष्ट छन् । कार्कीले श्रीमती डा. आरजु राणा देउवाले भनेको काम गरेको, तर आफूले भनेको नटेरेको उनको निष्कर्ष छ । हालै दुवै नेताले देउवालाई भेटेर पदाधिकारीमा नसमेटेको भन्दै असन्तुष्टि जनाएको बूढानीलकण्ठ स्रोतले बतायो ।

    यता सहमहामन्त्रीमा विश्वकर्माको नाम अगाडि सारेपछि एनपी साउद र डा. प्रकाशशरण महतले असन्तुष्टि जनाएका छन् । तर, माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छँदा महतले आफ्नो छवी बिगार्ने गरी राजदूतमा नाम सिफारिस गरेको भन्दै देउवा पदाधिकारीमा तान्न इच्छुक छैनन् । साउदलाई देउवाले सुदूरपश्चिमबाट उकास्न चाहन्छन् । तर, नेता विश्वकर्मालाई सहमहामन्त्री बनाउने आश्वासन दिएर १३औँ महाधिवेशनमै आफ्नो गुटमा तानेकाले देउवा अप्ठ्यारोमा परेका छन् ।

    पौडेल पक्ष असन्तुष्ट
    उपसभापति, महामन्त्री र सहमहामन्त्री आफ्नै गुटका नेता चयन गर्न खोजेपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ । पौडेल पक्षले १२औँ महाधिवेशनपछि सुशील कोइरालाले आफ्नो पक्षमा बहुमत भए पनि देउवालाई सहमहामन्त्री दिएको नजिर पेस गर्दै एउटा पद दिन माग गरिरहेको छ । नेता पौडेलले देउवालाई भेटेर परम्परा नतोड्न आग्रह गरिसकेका छन् । देउवा पौडेललाई एउटा पदाधिकारी दिँदा पदाधिकारीमा आफ्नो बहुमत नपुग्ने हिसाबमा छन् । उनले पौडेललाई सहयोग गर्न आग्रह गरेका छन् । तर, पौडेल पक्षधर नेता प्रकाशमान सिंहले एकपक्षीय रुपमा सभापति अगाडि बढे केन्द्रीय समिति बैठकमा प्रतिरोध गर्ने बताए । ‘हाम्रो चाहना सभापति विधानअनुसार चल्नुहुन्छ भन्ने हो । तर, उहाँले एकलौटी गर्न खोजे हामी प्रतिरोध गर्न बाध्य हुनेछौं,’ सिंहले भने ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...