News Portal

  • नियमित प्राकृतिक सम्पर्क जोडीको लागि लाभदायक

    २३९९ पटक

    एजेन्सी । नियमित रुपमा प्राकृतिक यौनसम्पर्क गर्ने जोडीको स्वास्थ्य राम्रो हुने एक अध्ययनले देखाएको छ । इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि तथा महिलाको शरीरलाई पनि लाभ हुने देखाएको छ ।

    अनुसन्धानकर्ताहरुका अनुसार नियमित यौन सम्पर्क गर्ने पुरुषको टेस्टोस्टेरोनको मात्रा बढ्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै मुटु सम्बन्धी रोग समेत कम गर्छ । नियमित यौन सम्पर्कबाट महिलाहरुमा पनि उत्तिकै फाइदा गर्छ । यसको सकारात्मक प्रभाव मधुमेहका विरामीहरुमा समेत परेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

    तर, अनुसन्धानकर्ताहरुले यौनसम्पर्क गर्दा पाटनरबीचको समझदारीलाई भने मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले यदि यौनसम्पर्कमा कुनै पाटनरको चाहनाविपरीत हो भने त्यसले सकारात्मक भन्दा नकारात्मक असर पु¥याउने बताइएको छ ।

    नियमित यौनसम्पर्कले पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्छ तर यसका लागि दुवै अर्थात पुरुष महिला यौनप्रति इमानदार रहनुपर्ने अनुसन्धानकर्ताहरुको राय छ ।

    नियमित यौनसम्बन्धले शुक्रकिटको गुणस्तरमा समेत सुधार हुनुका साथै प्रजनन क्षमता समेत बृद्धि हुन्छ । अस्टेलियाली बैज्ञानिकद्धारा  गरिएको एक अध्ययनले देखाए अनुसार धेरैजसो पुरुषमा हुने शुक्रकिटको डिएनएमा हुने क्षतिलाई नियमित यौन सम्पर्कले हटाउने तथा रक्तचाप नियन्त्रण गर्न र मोटोपना नियन्त्रण गर्न समेत सहयोगी हुने देखिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...