News Portal

  • डाक्टरी अक्षरको गयो जमाना , डाक्टरहरुको बढ्यो डरको पारो

    इभक्तपुर संवाददाताकाठमाडौँ, ११ बैशाख
    ९५९ पटक
    काठमाडौँ, ११ बैशाख

    बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् ।

    नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना प्रकाशित गरी यस्तो व्यवस्था गरेको हो ।

    ‘डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार डा दिलीप शर्मा भन्छन्, ‘अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानुनी दायरामा पर्ने सम्भावना रहन्छ ।’

    बिरामीको चाप बढी भएकाले हतारमा नबुझ्ने गरी औषधि लेखियो भन्न नपाइने उनले बताए । काउन्सिलका अनुसार स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधिको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ ।

    प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्ने गरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गुर्नपर्नेछ ।

    बुझिने भाषामा प्रेस्क्रिप्सन लेख्नुपर्ने कुरामा सहमति व्यक्त गर्दै चिकित्सक संघका महासचिव डा।लोचन कार्की भन्छन्, ‘तर यससँगै औषधि पसलेले ‘ओभर द काउन्टर ड्रग (प्रेस्क्रिप्सनबिनै बिक्री–वितरण गर्न सकिने औषधि)’ बाहेकका औषधि प्रेस्क्रिप्सनबिना बेच्न नपाउने व्यवस्था हुनुपर्छ ।’

    काउन्सिलले प्रेस्क्रिप्सन अंग्रेजी वर्णमालाको ‘क्यापिटल लेटर’ मा लेख्न पनि डाक्टरलाई सुझाव दिएको छ । डा कार्की भने बिरामी र पसलले बुझ्ने गरी लेखे हुने भन्दै ‘कहिलेकाहीँ औषधि पसलेले पहिलो र अन्तिमको अक्षर हेरेर गलत औषधि दिने सम्भावना रहेको बताउँछन् ।

    डाक्टर र औषधि पसलेबीचको सेटिङमा केही चिकित्सकले कुनै खासबाहेक अन्य औषधि पसलेले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने गरेको चिकित्सक नै बताउँछन् । ‘केही यस्ता चिकित्सकसमेत छन्, जसले लेखेको औषधि एउटा खास मेडिकल पसलबाहेक अन्य कसैले बुझ्दैन,’ वीर अस्पतालका डा।ढुन्डीराज पौडेल भन्छन्, ‘नबुझ्ने अक्षरमा औषधि लेख्दा बिरामीले गलत औषधि उपयोग गर्न सक्ने सम्भावना प्रवल रहन्छ ।’

    केही चिकित्सकले पुर्जामा आफूलाई थुप्रै विधाको विशेषज्ञका रूपमा लेख्ने गरेकोमा आइन्दा आफ्नो योग्यताभन्दा फरक किसिमका डिग्री उल्लेख गर्नसमेत पाउने छैनन् ।

    उनीहरूले आफ्नो विज्ञता भएको विषयको मात्र औषधि सिफारिस गर्न पाउनेछन् । ‘फरक विधाको लेखेको पाइएमा काउन्सिलले कारबाही गर्नेछ,’ रजिस्ट्रार पौडेलले भने । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...