नेकपा ( माओवादी केन्द्र) भक्तपुरका जिल्ला नेता शंकर पोख्रेलको देहान्त भएको छ । भक्तपुर जिल्ला सदस्य रहेका पोख्रेल पार्टीको चाँगुनारायण नगरपालिकाका सह इन्चार्जसमेत रहेका थिए ।
२०३६ साल देखि निरन्तर कम्युनिस्ट आन्दोलनमा रहेका पोख्रेलको आज भक्तपुर अस्पतालमा असामयिक निधन भएको हो । उच्च रक्तचापको बिरामी रहेका ६० बर्षिय पोख्रेलको सोहि कारण ज्यान गएको मजदुर नेता मिलन लामाले इभक्तपुरलाई बताए ।
पोख्रेलको अन्तिम सस्कारमा माओवादी केन्द्रका नेता कार्यकर्ता आर्यघाट पुगेका छन् । पार्टीको झण्डा ओढाई उनलाई अन्तिम श्रदान्जली दिइएको बताइएको छ ।