News Portal

  • आजबाट देश भरका ३ हजार ९१२ विद्यालयमा कक्षा १२को परिक्षा सुरु, ४ लाख १५ हजार २५२ परीक्षार्थी सहभागी ,

    भक्तपुर, १४ बैशाख
    ७८७ पटक
    भक्तपुर, १४ बैशाख

    माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकै साथ शुरु भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजे देखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्ति पूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ ।

    परीक्षामा देशभरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चार लाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए ।

    बोर्डका अनुसार परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति %

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...