News Portal

  • स्रोत नखुलेको रकम सहित पक्राउ

    इभक्तपुर संवाददाताभक्तपुर, २९ बैशाख
    ११६१ पटक
    भक्तपुर, २९ बैशाख

    अवैध नेपाली रुपैयाँ ओसार-पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१३ कालीमाटी सोल्टी मोडबाट उक्त कार्यमा संलग्न ३ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

    कागेश्वरी मनोहरा नगरपालिका-१४ थली बस्ने २२ वर्षीय समिर पौडेलले चलाएको बा.८० प ३२०५ नम्बरको मोटरसाइकलमा सवार सिन्धुली महादेवडाँडा-१ का २१ वर्षीय सबिनचन्द्र न्यौपानेको साथबाट नगद २५ लाख ९५ हजार रुपैयाँ र बा.७३ प ३४८० नम्बरको मोटरसाइकल चालक रामेछाप खाँडादेवी गाँउपालिका-५ का हाल क्षेत्रपाटी बस्ने २९ वर्षीय सुभाष श्रेष्ठको साथबाट नगद ७७ हजार गरी नगद २६ लाख ७२ हजार फेला पारी उनीहरूलाई दुवै मोटरसाईकल सहित प्रहरीले प्रकाउ गरेको हो ।


    यसैगरी कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु.२ ख ८४२ नम्बरको बसलाई नागढुंगा चेकपोष्टमा जाँच गर्ने क्रममा बसमा सवार रुपन्देही सैनामैना नगरपालिका-११ बस्ने २२ वर्षीय रेशम घिमिरेले बोकेको झोलामा हाल स्रोत नखुलेको १ हजार दरका १ हजार १ सय थान र ५ सय दरका १ हजार ८ सय थान गरी नगद २० लाख नेपाली रुपैयाँ, खगेन्द्रप्रसाद पौडेलको नाममा रहेको एनएमबी बैंकको दस्तखत गरेको ब्ल्याङक चेक ५ थान, पवित्रा श्रेष्ठको नाममा रहेको सिद्धार्थ बैंकको दस्तखत गरेको ब्ल्याङक चेक ५ थान फेला पारी उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।


    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...