News Portal

  • यार्सागुम्बा टिप्न विद्यालय तीन महिनाका लागि बन्द

    इभक्तपुर संवाददाताबझाङ, ३१ बैशाख
    १३६७ पटक
    बझाङ, ३१ बैशाख

    सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै विद्यालय बन्द भएका छन् ।
    यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए ।
    उनले भने, “यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ किनकी यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो ।
    यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । उक्त लगाइएको रोक आइतबारदेखि खुला भएपछि यहाँका स्थानीय बासिन्दा फेरि पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन् ।
    यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन् । यहाँका ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो । विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि यहाँका स्थानीय चिन्तित भएका छन् ।

    स्थानीय रमेश बोहराले भन्नुभयो विगतका दिनमा एक सिजनको एकै परिवारले तीन महिनाको अवधिमा न्यूनतम एक केजीदेखि दुई÷तीन केजीसम्म संकलन गर्दै आएका थियाँै र सोही यार्साकै कमाइबाट सदरमुकाम चैनपुरमा पनि घरघडेरी बनाएका थियोेैँ । अब दिनानुदिन के भो यार्साको मात्रा एकदमै कम पाइने भएपछि विगतका यार्सागुम्बा संकलन गरेका दिन एक सपनाजस्तै भएका छन् । यस क्षेत्रका हामी सबै स्थानीयको मुख्य आम्दानीको स्रोत भनेको यार्सागुम्बा, जडीबुटी र भेडापालन हो ।

    विगतका दिनमा यार्सागुम्बा प्रशस्त मात्रामा पाइने भएपछि भेडापालन व्यवसायी हटाएर एकै जडीबुटी यार्सागुम्बाको भरमा बसेको तर अहिले एकदमै कम मात्रामा र यसको बिक्री मूल्य पनि पहिलेको भन्दा कम पाइने भएपछि यार्सागुम्बाकै भरमा जीविका चलाउने बासिन्दा साहै्र मारमा परेका साइपाल गाउँपालिकाका स्थानीयवासी रामबहादुर बोहराले बताए ।

    यार्सागुम्बाको पहिलेपहिले सही उत्खनन गर्ने तरिका नअपनाएर र यार्सागुम्बा संकलकले जथाभावी, वनमा आगजनी गरेकै कारणले यो बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा कमी आएको जानकार बताउँछन् ।

    यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट संकलन गर्न जाने गर्दैछन् र यो यार्सागुम्बा संकलन समयभित्र सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...