काठमाडौँ । शुक्रबार डलरको मूल्य झण्डै एक सय १० रुपैयाँ नजिक पुगेको छ । पछिल्लो समय डलर मजबुत बन्दै गएकोले नेपाली रुपैयाँ कमजोर देखिएको छ ।
शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको बिक्रि मूल्य १०९.६६ रुपैयाँ तोकेका छ ।
राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२७.७५ रुपैयाँ र बिक्रिदर १२८.४६ रुपैयाँ तोकेको छ ।
अष्ट्रेलियन एक डलरको खरिददर ८२.३९ रुपैयाँ र बिक्रिदर ८२.८४ रुपैयाँ रहेको छ ।
क्यानेडियन एक डलरको खरिददर ८४.७१ रुपैयाँ र बिक्रिदर ८५.१८ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर २९.९५ रुपैयाँ र बिक्रिदर ३०.१२ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.४० रुपैयाँ र बिक्रिदर २७.५५ रुपैयाँ रहेको छ ।