News Portal

  • खेल्ने क्रममा छतबाट खस्दा भक्तपुरमा ६ बर्षिया बालिकाको ज्यान गयो

    नेपालवाल संवाददाताभक्तपुर, १२ जेठ
    ५३९२ पटक
    भक्तपुर, १२ जेठ

    भक्तपुर नगरपालिका- १० कमलविनायकमा एक बालिकाको खेल्ने क्रममा ज्यान गएको छ । खेल्दाखेल्दै घरको छतबाट खस्दा उनको ज्यान गएको हो ।

    काभ्रे कोशीपारी घर भई हाल कमलविनायकमा डेरा गरी वस्ने विकाश लामाकी छोरी ६ बर्षिया लमी लामा छतबाट खस्दा उनको ज्यान गएको प्रहरीले जानकारी गराएको छ । खेल्ने क्रममा अचानक स्थानीय प्रेम प्रसाद सुवालको ३ तले पक्की घरबाट खस्दा उनको निधन भएको हो ।

    अन्दाजी ३ : ४५ बजेको समयमा लडेर घाईते भएकी बालिका लामालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा ४ :०५ वजेको समयमा उनको मृत्यु भएको बताइएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव  उपरीक्षक कृष्ण प्रसाइले जनाए अनुसार जगाती वृत्तबाट खटिएको प्रहरीको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...