News Portal

  • शारीरिक सम्पर्क गर्दागर्दै ३८ बर्षिय महिलाको ज्यान गएपछि १९ बर्षिय युवक प्रहरी फन्दामा

    रुकुम, १८ जेठ
    १३२० पटक
    रुकुम, १८ जेठ

    मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन सम्पर्क गर्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको हो ।

    प्रहरीले हत्याको अभियोगमा मुसिकोट नगरपालिका–१, निवासी १९ वर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ परेका बादीले राति आफ्नै डेरामा ल्याई शारीरिक सम्पर्क गर्ने क्रममा महिलाको ज्यान गएको र मृत्यु पश्चात शव बोकेर नजिकैको नालामा फालेको स्वीकार गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुँगानाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानपछि अमरबहादुर बादीलाई पक्राउ गरेको थियो । उनलार्ई कर्तव्य ज्यान अन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको नेपाल समाचारपत्रमा खबर छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...