News Portal

  • अब ११ प्रकारकाे भूमि नरहने मन्त्री खनालको खुलासा : भू माफियाको दिन गएको दावी

    नेपालवाल संवाददाताकाठमाडौँ, २० जेठ
    ३१५६ पटक
    काठमाडौँ, २० जेठ

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेवले भूमिको व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित भएको बताएका छन । सर्बोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल आरोही निमा शेर्पालाई सम्मान गर्दै मन्त्री बलदेवले उक्त कुरा बताएका हुन् ।

    कृषिको उत्थानले मात्र नेपालीको आर्थिकस्तरको उत्थान हुन सक्ने भन्दै उनले अब भूमिलाई चार प्रकारमा वर्गीकरण गरेर व्यवस्थित गरिने खुलासा गरे । भूमिलाई कृषि, बसोबास, व्यावसायिक र औद्योगिक गरि ४ प्रकारमा बर्गीकरण गर्ने उनले खुलासा गरेका हुन् ।

    ”अहिले नेपालमा ११ प्रकारका भूमिहरू रहेकाले व्यवस्थापनमा समस्या भैराखेको छ , अब चार प्राकारका भूमि मात्र रहने व्यवस्था मिलाइन्छ ।” उनले भने ।

    सरकारले खेतीयोग्य जग्गामा भएको खण्डीकरण रोक्ने नीति ल्याउन थालेको समेत उनले जिकिर गरे । अब भू माफियाहरुले प्लटिंग गरेर कमाउने दिन गएको उनको दावी छ ।

    भूमिको सम्पूर्ण रुपले उपयोग गर्न भूमिको पुनर्ब्यस्थापन गर्न खोजिएको उनले प्रष्ट पारे ।

    मन्त्री बलदेवले एकातिर भूमि बाँझो रहने र अर्को तिर खाद्यान्न आयात गर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै कृषिलाइ पेशाको रुपमा बिकाश गर्न हर सम्भव प्रयास गरिनेमा जोड दिएका छन् ।

    कृषिलाइ आधुनिकीकरण गर्दै रोजगारीको अवसर सिर्जना गर्ने नीतिमा हामी छौ , अब कृषिबाट आर्थिक क्रान्ति शुरु हुन्छ ।” मन्त्री बलदेवले भने ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...