News Portal

  • निशा भइन् चितवनको एसइई स्टार

    नेपालवाल संवाददाताचितवन, २३ जेठ
    २०४० पटक
    चितवन, २३ जेठ

    ओइसिसी मिस एसइई स्टार चितवन २०१८ को उपाधि भरतपुरकी निशा खत्रीले जितेकी छन् । एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर लिभ एन्ड लिड इन्टरनेसनलले प्रतियोगिताको आयोजना गरेको हो।

    निशाले प्रतियोगिताको टाइटलसँगै मिस फ्रेन्डसिपको उपाधि पाएकी छिन् । नारायणी नमुना माविबाट एसइई दिएकी उनले ५० हजार नगद र अक्सफोर्ड कलेजमा पूर्ण छात्रवृत्ति पाएकी छिन् ।

    प्रतियोगितामा भण्डाराकी शीर्षक भण्डारी फस्ट रनरअप भइन् । ग्लो साइन एकेडेमीबाट एसइई दिएकी उनले नगद ३० हजारसँगै अक्सफोर्ड कलेजमा पूर्ण छात्रवृत्ति पाएकी छिन्।

    सेकेन्ड रनरअफ भएकी भरतपुरकी ऋतिका रानाभाटले सब टाइटल तर्फ मिस मल्टिमिडिया र वेस्ट क्याटवाक प्राप्त गरिन् । ज्ञान दर्शन स्कुलकी विद्यार्थी उनले नगद २० हजार सहित ५० प्रतिशत छात्रवृत्ति पाएकी छिन् ।

    रत्ननगरकी स्मृति रानाभाट थर्ड रनरअफ र भरतपुरकी शिवानी परियार फोर्थ रनरअप भए।

    नेपाल डायरिजको व्यवस्थापन र कायाकैरन मिडिया नेटवर्कको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताका लागि ८७ जनाले अडिसन दिएका थिए । अन्तिम छनौटमा परेका २६ जना बीचको अन्तिम प्रतिस्पर्धा शनिबार साँझ सम्पन्न भएको थियो । नेपाली सिने जगतका सुपरस्टार नायक राजेस हमालले बिजेताहरुलाई उपाधी दिएर हौसला प्रदान गरेका थिए ।

    विद्यार्थीलाई कला क्षेत्र, सामाजिक तथा शैक्षिक अभियान र नेतृत्वदायी भूमिकामा सहभागि गराउन प्रतिस्पर्धा आयोजना गरिएको मिडिया कोअर्टिनेटर अनिल घिमिरेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...