News Portal

  • शिक्षक सेवा आयोगको संघियता बिरोधी बिज्ञापन : अल्छ्याई वा अर्घेलो

    नेपालवाल संवाददाताभक्तपुर, १ असार
    २७०१ पटक
    भक्तपुर, १ असार

    देशमा संघियता लागु भै सकेको अवस्थामा शिक्षक सेवा आयोगले भने पुरानै संरचनाको लागि बिज्ञापन प्रकाशन गरेको छ ।

    आयोगले ५ बिकाश क्षेत्रका लागि आवश्यक दरबन्दी अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो ।

    त्यतिमात्र होइन , आयोगले संविधानको मर्म विपरीत स्थानीय संरचनालाई पुरै बेवास्ता गरि शिक्षा विकाश तथा समन्वय इकाइमार्फ़त दरखास्त माग गरेको छ ।

    आयोगले प्राथमिक तह नै नभएको विद्यालय शिक्षामा प्राथमिक तहको लागि शिक्षक पदपूर्ती गर्ने बताएको छ । करीब १० हजार शिक्षक यसरी पदपूर्ती हुने भएका छन् । आयोगले बिहीवार उक्त सूचना जारी गरेको हो ।

    त्यसैगरी  शुक्रवार एक निर्णय गर्दै निम्न माध्यमिक तहका लागि १ हजार ६ सय ३५ जनाको पदपूर्ती गर्न सूचना जारी गरिएको छ ।

    आयोगले ११ र १२ लाइ बेवास्ता गर्दै १० कक्षालाई नै माध्यमिक तह मानेर शिक्षक माग गरेपछि १२ सम्मलाई माध्यमिक शिक्षा मानेको बिद्यालय संरचना सकसमा परेको छ । आयोगले स्नातकोत्तर समेत नमागी शुक्रवार माध्यमिक तहमा १ हजार १ सय ८ जना शिक्षक माग गरेको हो ।

    पुराना शिक्षकको तह मिलान गर्ने चुनौती हुँदाहुँदै हतार गरेर पुरानै संरचनामा नयाँ शिक्षकको बिज्ञापन गरिनुलाई विज्ञहरुले ‘अचम्ममा परेकाे’ प्रतिक्रिया दिएका छन् । अस्थायी शिक्षकलाई चिढाउन मात्र बिज्ञापन गरिएको उनीहरुले बताए ।

    हेर्नुस् सूचना

    secondary

    lower secondary

    primary

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...