प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप -२०७५ को बिरोध गरेको छ । १२ कक्षासम्मलाइ माध्यमिक शिक्षा मानेर तयार पारिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम प्रारुपको नेवि संघले बिरोध गरेको हो ।
बिहीवार पदाधिकारीसहित सानोठिमीस्थित पाठ्यक्रम विकाश केन्द्र पुगेको नेवि संघको एक टोलीले पाठ्यक्रम विकाश केन्द्रका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमार्फत बर्तमान सरकारले बदनियतपूर्वक यसलाई कार्यान्वनमा ल्याउन खोजेको आरोप लगाउदै तत्काल स्थगन गर्न माग गरिएको छ ।
यो पाठ्यक्रम लागू भए बिदेशी बोर्ड र युनिभर्सिटीमा नेपाली विद्यार्थीले प्रवेश नपाउने र बिदेशी बोर्ड तथा युनिभर्सिटिमा नेपाली विद्यार्थीको आकर्षण बढ्ने नेवि संघको जिकिर छ ।
दलबल सहित पाठ्यक्रम बिकाश केन्द्र पुगेको नेवि संघले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप -२०७५ को तत्काल स्थगन लगायत ५ बुँदे माग पेश गरेको छ । आफ्नो माग पुरा नगरे आन्दोलनमा उत्रने संघले चेतावनी दिएको छ । ध्यानाकर्षण पत्रसहित सरकार समय अनुसार चल्न नसकेको भन्दै सांकेतिक विरोधस्वरुप विद्यार्थीहरुले पाठ्यक्रम विकाश केन्द्रका निर्देशक कृष्ण काप्रीलाई क्याल्कुलेटर उपहारसमेत दिएका थिए ।
महामन्त्री कुन्दनराज काफ्लेद्वारा पाठ्यक्रम बिकाश केन्द्रमा पेश गरिएको पत्र यस्तो छ ।
हेर्नुस् पत्र