News Portal

  • पत्रकार महासंघका अध्यक्ष चिन्तन कारागार चलान

    रुकुम, १० असार
    ८७३ पटक
    रुकुम, १० असार

    बलात्कार मुद्दामा नेपाल पत्रकार महासंघ, रुकुम शाखाका अध्यक्ष गणेश चिन्तन पुर्पक्षका लागि कारागार चलान भएका छन्।

    जिल्ला अदालत रुकुमका न्यायाधीश काजीबहादुर राईको इजलासले चिन्तनलाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको स्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए।

    त्रिवेणी गाउँपालिका १० की २४ वर्षीया एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनी गत जेठ २२ गते पक्राउ परेका थिए। नेपाल पत्रकार महासंघ जिल्ला शाखा कार्यालय सहयोगीका रुपमा कार्यरत युवतीले अध्यक्षले जबरजस्ती गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

    विगत एक वर्षदेखि विभिन्न डर धम्की तथा प्रलोभन देखाएर पटक–पटक बलात्कार गरेको युवतीले दिएको जाहेरीमा उल्लेख छ।

    जाहेरीमा नेपाल पत्रकार महासंघको कार्यकक्षमै पनि अध्यक्ष चिन्तनले बलात्कारको प्रयास गरेको लेखिएको छ। पारिश्रमिक नदिएर उल्टै ध्याक्याउने गरेको युवतीको आरोप छ।

    अन्नपूर्ण पोष्टबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...