News Portal

  • भक्तपुर सानो जिल्ला होइन : एसपी श्रेष्ठ

    नेपालवाल संवाददाताभक्तपुर, १० असार
    ३३०१ पटक
    भक्तपुर, १० असार

    भक्तपुर प्रहरी प्रमुखको रुपमा रहेका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले भक्तपुर सानो जिल्ला नभएको जिकिर गरेका छन । आइतवार महानगरीय प्रहरी वृत्त थिमीद्वारा निर्मित डिजिटल सूचना पाटीसहितको प्रतिक्षालय उद्घाटन गर्दै उनले उक्त जिकिर गरेका हुन् ।

    ” भक्तपुर भूगोलमा सानो होला तर जनघनत्वका हिसावले यो ठूलो जिल्ला हो । अपराधका हिसावले पनि यो ठूलो जोखिम भएको जिल्ला हो । यसर्थ यसलाई सानो जिल्ला भनेर सुरक्षामा हेलचेक्र्याइ नगरौ ।” उनले अनुरोध गरे ।

    एसपी श्रेष्ठले नागरिकमा प्रहरीप्रति धेरै अपेक्षा रहेकोले त्यो पुरा गर्ने चुनौती लिन मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए । समाजका सबै समस्या र अव्यवस्थाको समाधान गर्न सक्ने सामर्थ्य प्रहरीसंग मात्र भएको बुझाइ नागरीकमा रहेकोले त्यसको सम्बोधन गर्नसक्नु पर्ने उनको भनाइ छ ।

    सडकका गाइबस्तुका समस्या देखि बाटोका समस्या , पाइपका समस्या , ढलका समस्या लगायत सबैको समाधान जनताले प्रहरीबाट खोज्ने प्रवित्ति भएको भन्दै शान्ति सुरक्षाका अलावा प्रहरीले धेरै जिम्मेवारी बोकेर हिड्नुपरेको एसपी श्रेष्ठले दावी गरे ।

    जनताको अपेक्षा पुरा गर्न नसक्नेहरुले प्रहरीको नेतृत्व गर्न नसक्ने बताउदै काम गर्न नसक्ने वा इच्छाशक्ति नहुनेले हात खडा गरेर मैदान छोड्न समेत मातहतका अधिकृतहरुलाई उनले आव्हान गरे ।

    जनताको काम नगर्ने वा आलटाल गर्ने प्रहरीलाई ठाउँको ठाउँ कारवाही गरिने बताउदै उनले जनताको काममा निस्वार्थ र निस्पक्ष भएर लाग्न समेत निर्देशन दिएका थिए ।

    उक्त अवसरमा थिमी वृत्तका प्रमुख प्रज्वल महर्जनले प्रहरी र नागरीक बीच अन्योन्याश्रित सम्बन्ध भएको भन्दै नागरीकको सुख र शान्ति नै प्रहरीको उपलब्धि भएको बताएका थिए । भर्खरै बढुवा भएर एसपी भएपछी प्रज्वलले यसको श्रेय थिमीका स्थानीयहरु र प्रहरी युनिटलाई पनि बाढेका थिए ।

    उक्त अवसरमा उनले आफ्नो १० महिने कार्यकालमा गरेका कामका प्रमुख उपलब्धिहरु वृत्तचित्र मार्फत प्रस्तुत समेत गरेका थिए । उनी सोमवारबाट नै भक्तपुरबाट रवाना लिई काठमाडौं कार्यक्षेत्रमा खटिदैछन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी र मध्यपुर थिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले थिमी वृत्तमा प्रमुख भै बसेका प्रज्वल महर्जनको कार्यकाल सफल रहेको र उनले आफूलाई बोल्ने भन्दा काम गर्ने प्रहरी अधिकारीको रुपमा प्रमाणित गरेको बताउदै उनको आगामी पेशागत जीवनको सफलताको शुभकामना दिएका थिए ।

    प्रहरी निरीक्षक हस्त बहादुर सुनारले संचालन गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, मध्यपुर थिमी नगरपालिकाका साथै थिमीका आधा दर्जन सस्था र व्यक्तिहरुलाई प्रहरीसंग सहकार्य गरेबापत सम्मान पत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...