News Portal

  • स्वीस बैंकमा नेपालीकाे आकर्षण : बचतमा बृद्धि

    नेपालवाल संवाददाताकाठमाडौं, १९ असार
    ७०० पटक
    काठमाडौं, १९ असार

    काठमाडाैं‌, १९ असार । पछिल्लो वर्ष स्वीट्जरल्याण्डका बैंकहरुमा नेपालका निक्षेप बढेको छ। स्वीस नेसनल बैंक एसएनबीले हालै सार्वजनिक गरेको २०१७ को वर्षको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।

    सन् २००८ मा स्वीट्जरल्याण्डका बैंकमा कुल आठ करोड ६२ लाख २१ हजार स्वीस फ्य्राङ्क बराबरको नेपाली रुपैयाँ रहेकोमा गत वर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको छ। एसएनबीले नेपालप्रति दायित्वका रूपमा लेखाङ्कन गरेको सो रकम नेपाली व्यक्ति तथा संस्थाको निक्षेप हो । कतिपयले यसलाई कालो धनका रूपमा व्याख्या गरे पनि त्यस्तो सबै रकम कालोधन भने होइन ।

    सन् १०१७ मा स्वीस बैंकहरुमा नेपाली बैंकहरुको ३० करोड ७२ लाख ७१ हजार स्वीस फ्य्राङ्क रहेको देखिन्छ। त्यस्तै, एक करोड ४७ लाख ८५ हजार स्वीस फ्य्राङ्क अन्य ग्राहकको भएको एसएनबीे जनाएको छ।

    आठ लाख २९ हजार स्वीस फ्य्राङ्क जम्माकर्ताको भने परिचय खुलाइएको छैन। यसमा भने कतिपय गैरकानुनी आर्जनको रकमसमेत हुनसक्ने जानकारहरु बताउँछन्। साथै गतवर्षसम्म २ लाख ७३ हजार स्वीस फ्र्याङ्कलाई भने एसएनबीले नेपालको फिडुसियरी दायित्व भनेर देखाएको छ । विगत १० वर्षमा स्वीस बैङ्कमा रहेको नेपालीको त्यस्तो रकम ९६ प्रतिशतले घटेको छ । जम्माकर्ताहरूले ‘लगानी गरेर धेरै कमाएर देऊ’ भनेर बैङ्कमा राख्ने रकमलाई फिडुसियरी दायित्व भन्ने प्रचलन छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...