News Portal

  • पीएम ओलीलाई राहत : अगस्त १ देखि भारतीय क्याक्प अफिस आउट

    नेपालवाल संवाददाताकाठमाडौं, ८ साउन
    ९५७ पटक
    काठमाडौं, ८ साउन

    भारत सरकारले विराटनगरमा खडा गरेको क्याम्प अफिस बन्द हुने भएको छ । नेपाल सरकारले बन्दको लागि ताकेता गरेपछि क्याम्प अफिस बन्द हुने भएको हो ।

    भारत सरकारले विराटनगरमा खडा गरेको क्याम्प अफिसको बेलाबखत बिरोध हुने गरेको थियो । भारतले क्याम्प अफिसबाट नेपाल बिरोधी गतिबिधि गर्ने गरेको आरोप लाग्दै आएको थियो । बिद्रोही शक्तिको पहिचान बनाइरहेको विप्लव नेतृत्वको नेकपाले केही समय अघि बम बिष्फोट समेत गराएको थियो ।

    जनस्तरबाट समेत ब्यापक बिरोध भएपछी सरकारले समेत क्याम्प अफिस बन्द गरौँ कुटनीतिक प्रयास गरेको थियो । भ्राताले भने बिरोधका कारण बन्द गरिएको स्वीकार गरेको छैन । जुन उद्देश्य लिएर क्याम्प अफिस खोलिएको थियो त्यो पूरा भएकोले अब यसलाई बन्द गरेको भारतीय दूतावासको दावी छ ।

    उक्त क्याम्प अफिस अगस्त १ अर्थात साउन १६ देखि बन्द गर्ने गरिने भारतीय दूतावासले भनेको छ ।

    भारतीय दूतावासले एक पत्र जारी गर्दै विराटनगर क्याम्प अफिस अगस्त १ देखि बन्द गरिने बताएको हो । दूतावासले जनाए अनुसार क्याम्पले गर्दै आएको गाडीको परमिट, भारतीय नागरिकको प्रमाणपत्र दर्ता गर्ने, कागजातहरुको प्रमाणीकरण, जन्म र मृत्यु दर्ता लगायतका कामहरु अब साउन १६ गतेदेखि काठमाडौंस्थित भारतीय दूतावासले गर्नेछ ।

    पहिलो कार्यकालमा भारतसंग टक्कर लिएर राष्ट्रवादी प्रधानमन्त्रीको पहिचान बनाए पनि यो कार्यकालमा उक्त छवी जोगाउन नसकिरहेकाे आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  क्याम्प बन्द हुने कुराले बिरोधीको मुख थुन्न केहि राहत मिल्ने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...