News Portal

  • फेसबुकमा चिनेको केटोसँग नगरकोट घुम्न गएकी महिलालाई लुट्ने लुटेरा भक्तपुरबाट पक्राउ

    नेपालवाल संवाददाताभक्तपुर, १३ साउन
    ५०८० पटक
    भक्तपुर, १३ साउन

    फेसबुकबाट चिनजान भएको केटोसँग नगरकोट घुम्न गएकी ३२ वर्षीया महिलाको धनमाल लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

    फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका-४ की ३२ वर्षीया महिलाको धनमाल लुट्ने एक युवक पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।

    भक्तपुर च्यामासिंह बस्ने सिन्धुपाल्चोक बलेफ गाँउपालिका-५ का १८ बर्षीय अनिष तामाङलाई भक्तपुरस्थित छायाँबस्तीबाट शनिबार प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी महिलालाई रमेशले नै योजना बनाएर लुटेकाे प्रहरीको भनाइ छ । घुम्न जाने बहानामा काठमाडौं जोरपाटी बस्ने मोरङको टाडी गाउँपालिका-४ की ३२ वर्षीया महिलाको आधा तोलाको सुनको सिक्री, १ थान मोबाईल र नगद ४ हजार ५ सय रुपैयाँ रमेश, अनिष र अर्का एक जना मिलेर लुटपाट गरेको खुल्न आएपछि लुटेराहरुको खोजी गर्ने क्रममा लुटिएको सिक्री सहित अनिषलाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको हो ।

    लुटपाटका संलग्न अन्य दुई जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...