News Portal

  • ‘रअ’ को कार्यक्रममा को-को ?

    काठमाडौं, ३१ साउन
    १९८४ पटक
    काठमाडौं, ३१ साउन

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूमा बेचैन पैदा भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि मुकाविला गर्ने रणनीति बनाएपछि नेकपालाई बेचैन भएको हो । हुनत कांग्रेसका नेताहरूबीच मतभेद अन्त्य भएको सन्देश बाहिरी रुपमा आएको छैन ।

    बाहिर दिएको सन्देश जस्तो सजिलो अवस्था कांग्रेसभित्र छैन । सभापति शेरबहादुर देउवाको निरंकुशता रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाइ रहेका छन् । उनले गुटको भेला गर्न छाडेका छैनन् । पौडेललाई बेलाबेला आफ्नो प्रभावमा पारेर व्यक्तिगत स्वार्थ लिँदै आएका नेता कृष्णप्रसाद सिटौला पनि गुट जोगाउन संघर्षरत छन् । सिटौलाको कमजोर व्यवस्थापन र व्यक्तिवादी चरित्रका कारण उनलाई साथ दिएका नेताहरूले छाड्ने हुन् कि भनेर चर्चा हुन थालेको छ ।

    सिटौला समूहका गगन थापा, प्रदीप पौडेल, भीमसेनदाश प्रधानसहितका नेताहरूले बिकल्प खोज्न थालेको पार्टी मुख्यालय सानेपामा चर्चा हुने गरेको छ । गगन थापा र प्रदीप पौडेल आफैमा सक्षम युवाहरू हुन् । उनीहरूलाई कुनै गठनको फेर छोपेर हिड्नुपर्छ अवस्था छैन । उनीहरूले चाहने हो भने आफ्नै गुट तयार पार्न सक्छन् । यो कुरा बुझेका सिटौलालाई बेलाबेलामा मनभित्र चिसो पस्ने गरेको छ ।

    यता, डा.शेखर कोइराला पनि आफ्नो अलग गुट बनाउने प्रयासमा छन् । हुन त वरिष्ठ नेता पौडेललाई छाड्न पनि नसकेका र अंगाल्न पनि नचाहेका डा.कोइरालाले बुधबार नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूसँग गोप्य भेला गरेका थिए । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा डा.कोइरालाले भेला गरेका हुन् । भेलामा आफू निकटका नेताहरूभन्दा बाहिरकालाई प्रवेश निषेध गरिएको थियो ।

    कांग्रेसमा सबैभन्दा शक्तिशाली मानिने सभापति देउवा निकटका उपसभापति विमलेन्द्र निधिले पनि गुट चलाउन थालेका छन् । देउवाको नाम लिएर उनले अलगै सचिवालय समेत बनाएका छन् । निधिको गुटलाई पुरुषोत्तम दाहालले हेण्डलिङ गरेका छन् । भरखरै निधिका कारण कांग्रेसको पार्टी मुख्यालयभित्र प्रवेश पाएका दाहालले बिहीबार काठमाडौंको लैनचौरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम समेत राखेका छन् । दाहालले कांग्रेसलाई एक्लै हाँक्ने गरेर कार्यक्रमहरू धमाधम तयारी गर्न थालेका छन् ।

    त्यसो त नेपालका लागि भारतीय राजदूतावास लैनचौरको आर्थिक सहयोगमा भएको एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सभामुख कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सहभागी भएर भारतको गुणगान गाएको स्रोत बताउँछ । मंगलबार भएको कार्यक्रममा सिटौला र महरा सहभागी भएका थिए ।

    काठमाडौंको लैनचौरस्थित एक होटेलमा भारतीय राजदूतावासले राखेको कार्यक्रममा महरा र सिटौला सहभागी भएका थिए । आफ्नो हैसियत भुलेर कार्यक्रममा पुगेका महरा र सिटौला राजदूत पुरीसँग परामर्श गरेका थिए । नेपालमा बढ्दै गएको भारत विरोधी भावनालाई घटाउन बेला–बेलामा भारतीय दूताबासले आफ्नै लगानीमा कार्यक्रम गर्दै आएको छ ।

    भारतीय राजदूतावासले आफ्नो पक्षमा लविङ गर्न दलका ठूला नेताहरूलाई प्रभावमा पार्ने गरेको छ । सीमित व्यक्तिहरूलाई कार्यक्रममा बोलाइएको थियो । कार्यक्रममा सबै पक्षलाई बोलाएको जानकारी दिए पनि आफू निकटका सीमित व्यक्तिहरूलाई बोलाइएको थियो ।

    सहसचिवस्तरका राजदूत पुरीसँग आफ्नो हैसियत भुलेर सभामुख महरा र कांग्रेस नेता सिटौला भारतीय राजदूतावसको कार्यक्रममा सहभागी हुने कुराको विरोध भइरहेको छ । उक्त कार्यक्रममा भारतीय गुप्तचर संस्था ‘रअ’ का उच्च अधिकारीहरुको पनि सहभागिता रहेको स्रोतको दावी छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...