News Portal

  • भक्तपुरमा न्याय, सुरक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया हुने

    नेपालवाल संवाददाताभक्तपुर, २० मंसिर
    ९७९ पटक
    भक्तपुर, २० मंसिर

    भक्तपुरमा शुक्रवार न्याय, सुरक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल मानव अधिकार संगठन, जिल्ला शाखा भक्तपुरले अन्तरक्रियाको आयोजना गर्ने भएको हो ।

    ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर शुक्रवार अन्तरक्रिया कार्यक्रम राखिएको मानव अधिकार संगठन, जिल्ला शाखा भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धरले बताए । भेलुखेल,भक्तपुर स्थित सिद्धि स्मृति बाल अस्पतालको सभाहलमा शुक्रवार दिउसो २ : ३० देखि अन्तरक्रिया शुरु हुने जानकारी प्राप्त भएको छ ।

    जिल्लाका न्याय प्रमुख, सुरक्षा प्रमुख, नगरका उपप्रमुख, अधिकारकर्मी , समाजसेवी, शिक्षक, विद्यार्थी, ब्यवसायी लगायतको बाक्लो उपस्थितिमा अन्तरक्रिया संचालन हुने बताइएको छ । उक्त कार्यक्रम जिल्लाको मानव अधिकारको वर्तमान अवस्था थाहाँ पाउन र भावी योजना बनाउन सार्थक हुने आयोजकको अपेक्षा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...