News Portal

  • भक्तपुरका दर्शकले ‘तिम्रा हर प्रश्नको जवाफ’ खोजेपछि

    संजीप शुभचिन्तक भक्तपुर, २९ पुस
    १५१७ पटक
    भक्तपुर, २९ पुस

    नेपाली सुगम संगीतका लोकप्रिय गायक दीपक खरेलको एकल सांगीतिक साझँ सम्पन्न भएको छ । भक्तपुरमा शनिबार बेलुकी ६ बजेबाट शुरु भएको ‘दीपक खरेल साँझ’ करीव ४ घण्टासम्म चलेको थियो ।

    सात सय बढी दर्शकहरु माझ प्रत्यक्ष सुनिएका खरेलका कर्णप्रिय स्वरले सल्लाघारीको इम्पेरीयल बेन्क्वेट गुञ्जयमान बनेको थियो । चिसो चिसो मौसममा उनको सुमधुर स्वरमा लट्ठ परेका दर्शकहरुले आकाशबाट झर्दै गरेको शीतलाई समेत बिर्सिएका देखिन्थे । खुला आकाशमुनी बसेर खरेललाई साझँमा साथ् दिइरहेका उनका फ्यानहरुले उनको हर प्रस्तुतीमा ‘ओन्स मोरमो’ माग गरेका थिए भने प्रत्युत्तरमा खरेल मिठो मुस्कान फ़र्काउथे ।

    आफ्ना चुनिँएका एक दर्जन गीतहरु सहित प्रस्तुत भएका मेलोडी किङ्ग दीपक खरेलले उक्त अवसरमा कति अनौठो छ, तिम्रो त्यो हसिलो मुहारको,पूर्णमाको रात पनि औँशीको झैँ लाग्न थाल्यो, प्रतीक्षा गर मेरी मायालू,गरुँकी मिठो भूल, ती आँखाहरुको उज्यालो,बादल बनाइदेउ, मेरा यी हातहरुमा तरबार र छुरा नहोस् लगायत गीतहरु गाएर सदावहार सांगीतिक माहौल बनाउन सफल बनेका थिए ।

    गीत गाइरहेका दीपकलाई दर्शकदीर्घाबाट ‘तिम्रा हर प्रश्नको जवाफ मेरा चिठ्ठीहरुमा खोज्नु’को फर्माइस आइरहेपछी उनले यही गीत दोहोर्याउदै आफ्नो एकल साझको बीट मारेका थिए ।

    भक्तपुर सांगीतिक समाजको आयोजनामा भएको यस प्रस्तुतीमा मञ्चमा दीपकलाई द लिजेंट ब्याण्डले साथ् दिएको थियो भने दर्शकदीर्घामा बसेर उनकी पत्नी र सहकर्मीहरुले हौस्याइरहेका थिए । दीपकको एकल साँझको स्वाद लिन वरिष्ठ संगीतकर्मी तथा संस्कृतिकर्मी चेतन कार्की, वरिष्ठ चलचित्रकर्मी तथा गीतकार नीर शाह संगीतकार दीपक जंगम, गीतकार सुवासचन्द्र ढुंगेल, गीतकार राजेन्द्र थापा, गीतकार भूषण खरेल,वरिष्ठ टेलिभिजनकर्मी भाष्कर राजकर्णीकार,बरिष्ठ फोटो पत्रकार मिन बज्राचार्य लगायत गीतसंगीत र कला साहित्यानुरागीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

    खरेलको कालजयी बादल बनाइदेउ आकार बदल्न सकु बोलको गीतको गीतकार समेत रहेका वरिष्ठ चलचित्रकर्मी तथा गीतकार नीर शाहले दीपक खरेलको नामबिना नेपाली संगीतको इतिहास पुरा हुन नसक्ने बताउदै उनी युगले मागेको श्रष्ठा भएको बताएका थिए भने उक्त अवसरमा आयोजक भक्तपुर सांगीतिक समाजका सदस्यहरुले बादल बनाइदेउ आकार बदल्न सकु बोलको गीत गाएर सम्मान समेत व्यक्त गरेका थिए ।

    त्यसैगरी अग्रज व्यक्तित्व बरिष्ठ संस्कृतिकर्मी चेतन कार्की,गीतकार राजेन्द्र थापा,गीतकार सुवासचन्द्र ढुंगेल लगायतले भक्तपुरमा दीपक खरेलको भव्य कार्यक्रमको साक्षी बन्न पाउदा खुशी लागेको बताउदै आयोजकलाई बधाई र खरेललाई थप प्रगतीको शुभकामना प्रदान गरेका थिए ।

    उक्त अवसरमा पूर्वमंत्रीसमेत रहेका भक्तपुर-२ का संघीय सांसद महेश बस्नेतको हातबाट सहयोगीहरुलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो । आफ्नो मन्तब्य राख्दै बस्नेतले भक्तपुरमा दीपक खरेलको भब्य कार्यक्रम सम्पन्न भएकोमा गौरब लागेको बताउदै खरेलले स्वर सम्राट नारायण गोपाल लगायत अघिल्लो पुस्ताको बिडो थामिरहेको र उनीबाट पछिल्लो पुस्ताले सिक्नुपर्ने कुरामा समेत जोड दिए ।

    गायक खरेलले आफूलाइ माया गर्ने प्रिय दर्शकहरु समक्ष प्रत्यक्ष प्रस्तुत हुन पाएकोमा आफू असाध्यै प्रफुल्लित भएको बताएका थिए भने भक्तपुरकै बासिन्दा रहेका वरिष्ठ गायक दीपक खरेलको सम्मानमा आफूहरुले कार्यक्रम गरेको र सोचे भन्दा बढी सफलता प्राप्त भएको भन्दै आयोजक भक्तपुर सांगीतिक समाजका सचिवसमेत रहेका कार्यक्रम संयोजक अल्बर्ट बज्राचार्यले सन्तोष व्यक्त गरे ।

    समाजका अध्यक्ष प्रविन शाहीले धन्यवाद मन्तब्य दिएको कार्यक्रमको संचालन वरिष्ठ कलाकर्मी प्रकाश सायमीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...