News Portal

  • विकासका काम कार्यमा उच्चतम प्रविधि प्रयोग गर्दै प्रदेश सरकार

    इभक्तपुर संवाददाता
    ९०७ पटक

    विराटनगर, १५ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास गर्न सम्पूर्ण क्षमता र योग्यताको उच्चतम प्रयोग गर्ने बताएका छन् । विराटनगरको नवोल अस्पतालमा मुटु उपचारको उच्च प्रविधि ओपटिस मोबाइल सिस्टम (ओसिटी मेशिन)को उद्घाटन गर्दै उनले अस्पतालले सानो अवधिमा नै सेवा र प्रविधि क्षेत्रमा गरेको विकासले जनता निकै लाभान्वित हुने धारणा राखे ।

    मुख्यमन्त्री राईले औद्योगिक क्षेत्र विराटनगरलाई मेडिकल हव बनाउन प्रदेश सरकार सक्दो सहयोग गर्ने वचन दिँदै अस्पतालको यो प्रयासले मुटु रोगीलाई अन्यत्र जानबाट रोकिने भएको खुशी व्यक्त गरे । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रबाट जनताका सेवाका लागि गरिएको यो प्रयासको सराहना गर्दै विराटनगर अब सबै क्षेत्रले परिपूर्ण हुँदै जानेमा जोड दिए ।

    गङ्गालाल हृदय केन्द्रका निर्देशक डा ज्योतेन्द्र शर्माले मुटु उपचारमा अस्तालमा भित्रिएको यो मेशिन निकै प्रभावकारी छ भने । अस्पतालका कार्डियोजिस्ट डा राजेश नेपालले प्रविधि र मेशिनको अभावमा बिरामीको उपचार गर्न कठिन अवस्थालाई यो प्रविधि र मेशिनले हटाएको धारणा राखे ।

    अस्पतालका सञ्चालक डा सुनिल शर्माले मुटु रोगीलाई केन्द्रित गरेर अस्पतालले ल्याएको यो मेशिनबाट बिरामी विदेशिनबाट जोगाउने चर्चा गरे । भारतीय डा निरञ्जन कुमारले अब नेपालमा यस्तो प्रविधिबाट उपचार हुनु खुशीको कुरा हो भने ।

    ज्ञान, सेवा, प्रविधि र मेशिनबाट उच्च स्थान बनाउन सफल यो अस्पतालमा अगामी वैशाख २३ गतेदेखि ओपेन हर्ट सर्जरी हुनेछ । त्यसका लागि शहीद गङ्गालाल हृदय केन्द्रसँग आजै सम्झौता पनि गरिएको छ भने रु दुई करोड १० लाख मूल्यको ओपटिस मोबाइल सिस्टम सञ्चालनमा ल्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...