News Portal

  • असहिष्णुताको पराकाष्टा : शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि आक्रमण

    १२०४ पटक

    रूपन्देही,२ साउन । रूपन्देहीमा असहिष्णुताको पराकाष्टा देखिएको छ । शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि आक्रमण भएको छ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू माथि आक्रमण भएको हो । नगरपालिकाले शंकरनगर देखि नयाँ मिल सम्म सडकमा राखेका ५ वटा बुद्धमूर्तीमा तोडफोड भएको छ ।

    लुम्बिनीको यात्रामा आउने पर्यटकलाई आकर्षित गर्न गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मूर्ती राखेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार विहीवार बिहान मूर्ति तोडफोड भएको अवस्थामा फेला परेको हो । मूर्ती कसले किन तोडेफोड गरेको हो भन्ने थाहाँ हुन नसकेको उनको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । धार्मिक दंगाको उदेश्यले मूर्ती तोडिएको हो वा कोही उच्छ्रिङ्खल केटाहरुको काम हो भन्ने सुक्ष्म अनुसन्धानमा प्रहरी जुटेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...