News Portal

  • किसानलाई पेन्सन सुविधा दिने स्थानीय सरकारको निर्णय

    ६३३ पटक

    बाजुरा, ३ साउन । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् ।

    ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो स्थानीय निकाय हो ।

    तत्काल कार्यविधि बनाएर यसै आर्थिक वर्षबाट शुरुआत गर्नेगरी नगरसभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले बताए । किसानलाई शुरुमा रु ५०० देखि एक हजार सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको उपप्रमुख तारा खातीले बताए ।

    ५१ करोड बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाउँ निर्माणदेखि कृषि पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ । यो वर्षबाट निजी स्रोतका शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि रु ८० लाख बजेटसमेत विनियोजन गरिएको छ ।

    यस्तै नगरपालिकाले नगरवासीलाई लक्षित गरी नगरबस सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका अरु नौ स्थानीय तहभन्दा यो निर्णय पनि बुढीगङ्गाले फरक गरेको हो । एक करोड बजेट विनियोजन गरेर बुढीगङ्गाले असोजसम्म नगरबस सञ्चालन गर्ने निर्णय गरेको हो । सबै वडामा बाटो पुगिसकेकाले सर्वसाधारणको आवश्यकतालाई मध्यजनर गरेर निर्णय गरिएको वडा नं ९ का अध्यक्ष भरतबहादुर थापाको भनाइ छ ।

    नगरपालिकाले ‘तपाईंको मेहनत हाम्रो लगानी’ र स्वरोजगार अनुदान घुम्तीकोषका लागि बजेट विनियोेजन गरेको छ भने नगरकै जेसिबी तथा डोजर र टिपरसमेत खरीद गर्ने निर्णय गरेको छ । नगरसभाले त्यसका लागि पनि एक करोड बजेट छुट्याएको छ । यसै वर्षमा वडा भवन निर्माण गर्ने, नगरपालिकाको सुविधासम्पन्न भवन निर्माणको काम अघि बढाउने र विकासका लागि बुढीगङ्गा विकास सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै दुई सय भन्दा बढी बिरुवा रोप्ने, पाँच रोपनीमा तरकारी खेती गर्ने, पाँचभन्दा बढी गाई–भैँसीपालन गर्ने लक्ष्य नगरले लिएको छ ।

    विकासमा नयाँपन नआएको र विकास बजेटसमेत खर्च नगरेको आरोप लागिरहेको बेला ल्याइएको नीति तथा कार्यक्रमले केही ऊर्जा थपिएको नगरपालिकाका स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । कृषकलाई पेन्सनको व्यवस्था नेपालमै पहिलोपटक भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले प्रतिक्रिया दिए । स्थानीयवासीसमेत रहनुभएका जैशीले किसान महासङ्घले छलफलमा ल्याए पनि कार्यान्वनका लागि बुढीगङ्गाले पहिलो निर्णय गरेको बताए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...