News Portal

  • भारतीय बाँधले तराई डुबायो : सांसद सुवाल

    भक्तपुर, ४ साउन
    २०८६ पटक
    भक्तपुर, ४ साउन

    नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा भारतीय बाँधले तराई डुबाएको उनको आरोप छ ।

    शुक्रबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १० दिने फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दै सांसद सुवालले भारतीय विस्तारबादको विरुद्ध युवाहरु उठ्नुपर्ने आवस्यकतासमेत औल्याए । उक्त अवसरमा उनले संसदमा विचाराधीन परमाणु र रेडियोधर्मी विधेयकको सत्यतथ्यबारे थाँहा हुनुपर्ने समेत बताए ।

    कार्यक्रमलाई सम्वोधन गर्दै सांसद सुवालले फोटोग्राफी तालिमप्राप्त प्रशिक्षार्थीले समाजको इतिहास निर्माणको निम्ति काम गर्नुपर्नेमा जोड दिंदै फोटोग्राफीले कुनै समाज वा ठाउँको इतिहास र सभ्यतालाई जीवन्त बनाउन सहयोगी भूमिका खेल्ने बताए ।

    दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा सो भवन निर्माणमा ढिलाइ भइरहेको भन्दै सांसद सुवालले फोटाग्राफीमा आबद्ध प्रशिक्षार्थीहरुलाई ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा र सार्वजनिक तथा पर्तीजग्गाहरुको अभिलेखीकरण गरि इतिहास जोगाइराख्ने अभिभारा बोक्नुपर्ने समेत बताए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको भविष्य युवाहरुको हातमा भएको भन्दै व्यक्तिगत पेशा संगै राष्ट्रिय हितको लागि समेत काम गर्न अभिप्रेरित गरे । फोटोग्राफीलाई इतिहास र समाजको ऐनाको रुपमा ब्याख्या गर्दै प्रमुख प्रजापतिले फोटोग्राफरको योगदान अमूल्य हुने हुनाले मन खोलेर फोटोग्राफीमा लाग्न आह्वानसमेत गरे ।

    फरक प्रसंगमा प्रमुख प्रजापतिले कृषिप्रधान देशले करोडौं रुपैयाँको खाद्यान्न आयात गरिरहेकोमा दुख व्यक्त गर्दै सरकारको अदुरदर्शी नीतिले युवा बेरोजगार बनेका र देश पछाडि परेको आरोप लगाए ।

    कार्यक्रममा उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व,फोटोग्राफी तालिमका प्रमुख प्रशिक्षक शरद राइ र प्रशिक्षार्थीको तर्फबाट प्रवीणा सुजखुले पनि आफ्नो धारणा राकेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि सांसद प्रेम सुवालले फोटोग्राफी तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...