News Portal

  • भक्तपुरका गायक कपिल कस्पालको शिव भजनमा बनेको भिडियो सार्वजनिक

    भक्तपुर, ९ साउन
    १५४१ पटक
    भक्तपुर, ९ साउन

    हिन्दुहरुका लागि साउन महिनाले विशेष अर्थ बोकेको छ । यो भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस धर्तिमा आउने जनविस्वास रहेकोले उनलाई खुशी पार्न यो महिनाभरि जताततै शिव स्तुती सुन्न सकिन्छ ।

    यहि साउनको पावन अवसर पारेर भक्तपुरका गायक कपिल कसपालले पनि आफ्नो शिव भजनको भिडियो सार्वजनिक गरेका छन् । ओम नमः शिवाय: ;ब्रम्हा बिष्णु महेश्वर बोलको उक्त भजनको भिडियो उनले आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

    गायक स्वयम्कै शब्द रहेको भजनमा संगीत वद्रीनारायण ताम्राकारको रहेको छ । भजनलाई अडियो नेपालमा रेकर्ड गरिएको हो भने संगीत संयोजन वुद्ध सायमीले गरेका छन् । राग रागिनी इन्टरटेनमेन्ट प्रा. लि.को प्रस्तुति रहेको भजनकोको निर्माण पार्वती श्रेष्ठले गरेकी हुन् ।

    ओमकार टेलिभिजनको ब्यानरले भिडियो ब्यवस्थापन गरेको छ । भजनमा गायक कपिल कसपाल र संगीतकार बद्री नारायण ताम्राकारको अभिनय रहेको छ । भजनको भिडियो समेत गायक कपिलले नै निर्देशन गरेका छन् ।

    विभिन्न प्रकारका गीत गाउने कपिल कसपालले भक्तपुरको सम्पूर्ण महत्व झल्काउने गीत पनि सार्वजनिक गर्ने तयारी रहेको जानकारी गराएका छन । ”अहिले साउनको पावन महिना भएकोले शिव भजन सार्वजनिक भएको हो ।” उनले भक्तपुर पोस्टसंग भने ।

    कसपालले भजनलाई हेरेर आवस्यक प्रतिक्रिया दिई हौसला बढाईदिन समेत अनुरोध गरेका छन् ।

    हेर्नुस् यो भिडियो

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...