News Portal

  • धमाधम भित्रिदै यतीका विमान

    ९४१ पटक

    नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जनाएको हो ।

    यतीले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान शनिबार काठमाडौँ भित्र्याएको थियो । योसँगै कम्पनीसँग अब पाँच वटा एटीआर विमान छन् । नयाँ विमानले हालकै गन्तव्य तथा छिट्टै धनगढीमा पनि उडान सुरु गर्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए ।

    यतिले अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, पोखरा, भैरहवा र पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ सेवा दिइरहेको छ । नयाँ एटीआर विमान सञ्चालनमा आउन झण्डै दुई महिना लाग्नेछ । यतिले एक साताअघि पोखरामा पनि एटीआर विमानबाट सेवा सुरु गरेको घोषणा गरेको थियो ।

    सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...