News Portal

  • बालकोट बस्ने चेमजोङ्ग चेक बाउन्स मुद्दामा जेल चलान

    भक्तपुर, १४ साउन
    १२७४ पटक
    भक्तपुर, १४ साउन

    बैकिङ्ग कसुर मुद्दामा दोषी देखिएपछि फरार भएका सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने एकजना पक्राउ परेका छन् । पाँचथर साविक यासोक-८ घर भई हाल बालकोट बस्दै आएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

    चेमजोङ्गले मन्जु श्रेष्ठको नाममा पर्याप्त पैसा नभएको प्रभु बैंक लिमिटेडको खाताको १० लाख ९४ हजार ५ सय रुपियाँको चेक ६ वर्ष अघि जारी गरेका थिए । २०७० असार १४ गते जारी गरेको उक्त चेकबाट नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो । चेक फिर्ता भएपछि चेमजोङ्गमाथि चेक बाउन्सको मुद्दा दायर गरिएको थियो ।

    उच्च अदालत पाटनको २०७५ पुस १७ गतेको फैसलाले चेमजोङ्गलाई १५ दिन कैद र १० लाख ९४ हजार ५ सय रुपैयाँ जरिवाना हुने ठहर गरेपछि उनी फरार भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी फरार रही उनको उक्त सजाय वेरुजु भएकाले फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंले चेमजोङ्गलाइ पक्राउ गरिदिन पत्राचार गरेको थियो ।

    अदालतको आदेश पछि चेमजोङ्गको खोजीमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले उनलाई सोमवार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।

    प्रहरीले फैसला कार्यान्वयनको लागि चेमजोङ्गलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेपछि कैद भुक्तानका लागि काठमाडौंस्थित केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...